मोटरसाइकल र ट्याक्टर एकआपसमा ठोक्किदा दुईको मृत्यु

बर्दिया । नेपालगंज­-गुलरिया सडकखण्ड अन्तर्गत पर्ने पचासामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बढैयाताल गाँउपालिका वडा नं. ८ मा शनिबार राति ट्रयाक्टर र मोटरसाईकल एक आपसमा ठोक्किदा मोटरसाईकलमा सवार दुबै जनाको बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो।

भे ३ प ७८७० नं. को मोटरसाईकल र विपरित दिशाबाट आउँदै गरेको भे १ त ५०९९ नं. को ट्रयाक्टर एक आपसमा ठोक्किदा २५ वर्षिय अर्जुन रिमाल र २३ वर्षिया ललिता रिमालको नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक केदार रजौरेले जानकारी दिए।

ट्रयाक्टर र ट्रयाक्टर चालक प्रहरीको नियन्त्रणमा रहेको र दुर्घटनाका कारण नखुलेकोले अनुसन्धान भईरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ। nagariknews.nagariknetworkबाट साभार

सम्बन्धित समाचार

thumbnail

दोहोरी गायिका दिलमाया आफ्नै डेरामा मृत फेला, १ पक्राउ

काठमाडौँ । दोहोरी गायिका दिलमाया सुनार मृत भेटिनुभएको छ । प्रहरीका अनुसार शनिबार राति ११ बजे काठमाडौंस्थित आफ्नै डेरामा उहाँ मृत्य अवस्थामा भेटिनुभएको हो । सुर्खेत घर भएकी ३० वर्षीया गायिका सुनार…

thumbnail

अफगानिस्तानका भूकम्प पीडितहरुलाई राष्ट्रसङ्घीय एजेन्सीहरूको सहयोग

एजेन्सी । अफगानिस्तानका भूकम्प पीडितहरुका लागि संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरूले सहयोग गरिरहेका राष्ट्रसङ्घीय प्रवक्ताले जानकारी दिएका छन् । राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले दिएको जानकारीअनुसार संयुक्त राष्ट्रसङ्घीय निकायहरुले अफगानिस्तानका भूकम्प पीडितहरुलाई…

thumbnail

पत्नीको घाँटी थिचेर हत्या, पति र ससुरा पक्राउ

धनुषा । पत्नीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले पति र ससुरालाई पक्राउ गरेको छ । धनुषाको शहिदनगर नगरपालिका–८ नाथपट्टीकी गौरीदेवी मण्डलको घाँटी थिचेर हत्या गरेको आरोपमा उनका पति रामचन्द्र मण्डल खत्वे…