मोफसलका पुराना पत्रकार बर्माको निधन

काठमाडौँ । नेपाल पत्रकार महासंघ धादिङका संस्थापक तथा मोफसलमा कार्यरत पुराना पत्रकार सीताराम बर्माको निधन भएको छ। कोरोना भाइरसको संक्रमण देखिएपछि १९ दिन अघि किस्ट अस्पताल भर्ना भएका ७९ वर्षीय बर्माको शुक्रबार (आज) बिहान पौने छ बजे निधन भएको नेपाल प्रेस युनियन धादिङका अध्यक्ष पोषनाथ अधिकारीले जानकारी दिए।

नेपाल प्रेस युनियन धादिङका संस्थापक अध्यक्षसमेत रहेका बर्मा जीवनको उत्तराद्र्धमा समेत राष्ट्रिय समाचार समिति मार्फत पत्रकारितामा क्रियाशिल थिए। बर्मा नेपाली पत्रकारितामा सम्मानको साथ लिइने नाम थियो।

श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि काठमाडौं ल्याउने क्रममा कार्तिक १ गते जीवनसंगिनी गुमाएका बर्माको भने केहीदिन अघिको कोरोना परिक्षणमा नेगेटिव रिपोर्ट आएको थियो। सरकारी सेवाबाट निवृत बर्मा विभिन्न संघसंस्थामा पनि सक्रिय थिए। उनको निधनले नेपालको पत्रकारितामा अपुरणिय क्षती पुगेको नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियनसहितका संघसंस्थाद्वारा जारी शोक विज्ञप्तिमा उल्लेख गरिएको छ। उनको आजै पशुपति कार्यघाटमा अन्त्यष्टी गरिने परिवारका सदस्यहरुले जानकारी दिएका छन्। nagariknews.nagariknetworkबाट साभार

सम्बन्धित समाचार

thumbnail

धवलागिरी गाउँपालिकाको ४० करोड ४९ लाख ४९ हजार रुपैयाँ बजेट पारित

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकामा कुल  ४० करोड ४९ लाख ४९ हजार रुपैयाँको बजेट पारित भएको छ । गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न १६ औँ गाउँ सभामा अध्यक्ष प्रेमप्रसाद पुनले प्रस्तुत गर्नुभएको आगामी…

thumbnail

रघुगंगा गाउँपालिकाको ४६ करोड ८६ लाख २५ हजार रुपैयाँ बजेट पारित

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९र८० का लागि रु ४६ करोड ८६ लाख २५ हजार बराबरको बजेट पारित गरेको छ । शुक्रवार सम्पन्न १३ औँ गाउँ सभामा गाउँपालिका अध्यक्ष…

thumbnail

मंगला गाउँपालिकाको १३ औँ गाउँसभा : ४२ करोड ३४ लाखको बजेट पारित

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० का लागि ४२ करोड ३४ लाखको बजेट ल्याएको छ । शुक्रबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा आयोजित १३ औँ गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष प्रेम कुमारी खत्रीले…