मोरङमा कोरोनाबाट ६ दिनको अन्तरमा दाजुभाइको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ६ दिनको अन्तरमा दाजुभाइको मृत्यु भएको छ । मोरङको केराबारीका दाजुभाइको ६ दिनको अन्तरमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मोरङले जनाएको छ ।

केराबारीका ५७ वर्षीय पुरुषको कात्तिक १८ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो । भाइको मृत्युको ठिक ६ दिनमा आइतबार ५९ वर्षीय दाजुको मृत्यु भएको छ । ५९ वर्षीय दाजुको कात्तिक १० गतेदेखि बिराट मेडिकल कलेजमा उपचार भइरहेको थियो । आइतबार उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

भाइ गाउँको शिक्षणसमेत हुन् । मधुमेह र उच्च रक्तचापको समस्या भएका उनी कोरोनाविरुद्धको अभियानमा पनि सक्रिय रहेका स्थानीयले बताएका छन् । केराबारी गाउँपालिका अध्यक्ष रोहितबहादुर कार्कीले दाजु पहिले वडाध्यक्ष भएका व्यक्ति भएको र भाइ गाउँकै शिक्षक भएको जानकारी दिए । नागरिक खबरबाट साभार

सम्बन्धित समाचार

thumbnail

थप ४९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ४ सय ९४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका…

thumbnail

थप १९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८ सय १४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका…

thumbnail

थप २८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९ सय १४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका…