म्याग्दीमा थपिए १३ जना कोरोना संक्रमित

बेनी । म्याग्दीमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार संक्रमित हुनेमा स्थायी ठेगाना नखुलेका बर्ष ३३ का एक पुरुष ,मंगला गाउँपालिका वडा नम्बर १ का ४८ बर्षिय पुरुष ,बेनी नगरपालिका वडा नम्बर २ का ४४ बर्षिय पुरुष ,वडा नम्बर ५ का ३१ बर्षिय पुरुष ,वडा नम्बर ७ का बर्ष १८,५४ ,२८ र ३० बर्षिया महिला गरी चार महिला तथा २३ ,५४,२१ र ५२ बर्षिय गरी चार पुरुष रहेका छन् ।

यसैगरी वडा नम्बर ८ का ३७ बर्षिय पुरुष रहेका छन् । संक्रमित मध्ये गण्डकी प्रदेश सभा सदस्य सांसद विनोद केसी र नेकपा म्याग्दीमा सचिव हरिकृष्ण श्रेष्ठ समेत रहेका छन् । संक्रमित सबै कन्ट्याक टे«सिङबाट पहिचान भएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार