म्याग्दीमा थप २ जनामा कोरोना संक्रमण पुष्टि

बेनी । म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ठेगाना नखुलेका ४७ बर्षिय पुरुष र बेनी नगरपालिका वडा नम्बर ७ की ४५ बर्षिया महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

लाईफ केयर एण्ड डाइग्नोस्टिक प्रा.लि पोखरा र क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित दुबै जना कन्ट्रयाक्ट ट्रेसिङबाट पहिचान भएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार