म्याग्दीमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि ,संक्रमितको संख्या ९४ पुग्यो

बेनी । म्याग्दीमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय ,म्याग्दीका अनुसार बेनी नगरपालिका वडा नम्बर ७ का ७८ बर्षिया ,४४ बर्षिया दुई महिला र ५६ बर्षिय एक पुरुष ,वडा नम्बर ८ की २२ बर्षिया महिला तथा रघुगंगा गाउँपालिका वडा नम्बर २ का ३४ बर्षिय एक पुरुष रहेका छन् ।

संक्रमित मध्ये बेनी नगरपालिका वडा नम्बर ८ की २२ बर्षिया महिला बेनी अस्पतालमा कार्यरत हुन् । संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय, म्याग्दीका निमित्त प्रमुख एक नारायण लम्सालले जानकारी दिनुभयो ।

संक्रमितहरुलाई स्थानीय आईसोलेशन र होम आईसोलशनमा राखिएको छ । यो संगै म्याग्दीमा कोरोना संक्रमितको संख्या ९४ पुगेको छ । भने ६५ जना निको भएर घर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार