रामेछाप तरुण दलका अध्यक्षको समूहद्वारा उपभोक्ता समितिका सचिवलाई कुटपिट

काठमाडौं । रामेछाप तरुण दलका अध्यक्ष काजीबहादुर खड्काको समूहले गोकुलगंगा गाउँपालिका–५का देवराज खड्लाई निर्घात कुटपिट गरेका छन् । देवराज गोकुलगंगा–५ स्थित ‘बासे सड्क’ उपभोक्ता समितिका सचिव हुन् । मंगलबार काजीबहादुरको समूहले देवराजलाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी बसन्त पाठकले रातोपाटीलाई बताए ।

कुटपिटको कारण खुलेको छैन’ डिएसपी पाठकले भने–‘घाइतेको उपचार भइरहेको छ ।’ सदरमुकाम मन्थलीमा उपचार गराईरहेका देवराजलाई थप उपचारको लागी काठमाडौं ल्याईंदै छ । देवराजको तर्फबाट परिवारले जिल्ला प्रहरी कार्यालय रामेछापमा किटानी जाहेरी दर्ता गर्ने भएका छन् ।

बागमती प्रदेश सरकारको बजेटमा निर्मार्णाधिन ‘बासे सड्क’मा तरुण दलका अध्यक्ष काजीबहादुरले आफ्नो डोजर प्रयोग गर्न दवाव दिएको बताइएको छ । उपभोक्ता समितिका सविच देवरजले उनको डोजर प्रयोग गर्न अस्वीकार गरेपछि घेरा हालेर काजीबहादुर नेतृत्वको समूहले उनलाई निर्घात कुटपिट गरेका थिए । रड, ढुङ्गा र चिर्पट प्रहारबाट उनको टाउकोमा गम्भीर चोट लागेको छ । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार