रौतहटमा अफिमसहित २ पक्राउ

रौतहट । रौतहटस्थित प्रहरीले लागुऔषध अफिमसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी हेम बहादुर शाही र लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंजको संयुक्त टोलीले चन्द्रपुर न.पा.वडा नं.४ स्थित पूर्वपश्चिम लोकमार्ग अन्तर्गत पर्ने धनसरदेखि जंगलसहिया जाने बाटोमा चेकजाँच गर्दा लागूऔषध अफिम सहित २ जनालाई नियन्त्रणमा लिएको हो ।

सर्लाहीको बागमती तर्फबाट बाराको निजगढ न.पा.वडा नं.७ भवराटोल बस्ने अं.बर्ष २३ को सोम बहादुर लामाले चलाई ल्याएको ना १६ प ७८२५ नं.को डिस्कभर मोटर साईकल रोकी चेकजाँच गर्दा सो मोटर साईकलमा पछाडी सवार रहेका जिल्ला सर्लाही बागमती न.पा.वडा नं.१२ बागमती वस्ने अं.बर्ष ३० को दिल बहादुर थिङ्गले पोलिथिन झोलामा लागूऔषध अफिम १ किलो ८०० ग्राम बरामद भएको डिएसपी शाहीले जानकारी दिए ।

लागूऔषधसहित पक्राउ परेका दुबैजना नियन्त्रणमा रहेको र थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ । रातोपाटीबाट साभार

सम्बन्धित समाचार

thumbnail

सरकारी जागिर खान शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा एक पक्राउ

काठमाडौँ । शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पदको नियुक्तिको लागि नक्कली प्रमाणपत्र…

thumbnail

ओमसतिया गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार अनुसन्धान दुरुपयोग आयोगले रुपन्देहीको ओमसतिया गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजु नेपालसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । ओमसतिया गाउँपालिका–४ मटेरिया गाउँको मुख्य सडकमा पीसीसी काममा लागत…

thumbnail

बोक्सी भन्दै मलमूत्र खुवाएको आरोपमा दुई महिला पक्राउ

लहान । बोक्सी भन्दै छिमेकी एक महिलालाई मलमूत्र खुवाएको आरोपमा सिरहा प्रहरीले दुईजना महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहाको भगवानपुर गाउँपालिका–४ ठाडी निवासी ३० वर्षीया फुलोदेवी साह र ५५ वर्षीया कोशिला…