लागुऔषधसहित दुई युवक पक्राउ

काठमाडौं । प्रहरीले दुई जनालाई लोकन्थलीबाट लागुऔषधसहित पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त, ठिमीबाट खटिएको टोलीले मंगलबार राति पौने ६ बजे दुई जनालाई पक्राउ गरेको हो।

प्रहरीले धादिङ मुलाबारी घर भई काठमाडौं-३२ तीनकुने बस्दै आएका २५ वर्षीय निराजन थापा र ललितपुर महानगरपालिका-९ बस्ने २६ वर्षीय रविन खड्गीलाई पक्राउ गरेको हो।उनीहरूलाई प्रहरीले मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थलीको भूपू सैनिक खाजा घरबाट पक्राउ गरेको हो। वृत्तका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलका अनुसार सो ठाउँमा लागुऔषध ओसारपसार तथा विक्री वितरण हुँदैछ भन्ने पूर्व सूचना पाएको थियो।

सोही सूचनाको आधारमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूबाट प्रहरीले नाइट्राभेट, ट्याब्लेट लगायतका लागुऔषध दुई सय ९९ वटा बरामद गरेको छ। उनीहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। सेतोपाटीबाट साभार

सम्बन्धित समाचार

thumbnail

बोक्सी भन्दै मलमूत्र खुवाएको आरोपमा दुई महिला पक्राउ

लहान । बोक्सी भन्दै छिमेकी एक महिलालाई मलमूत्र खुवाएको आरोपमा सिरहा प्रहरीले दुईजना महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहाको भगवानपुर गाउँपालिका–४ ठाडी निवासी ३० वर्षीया फुलोदेवी साह र ५५ वर्षीया कोशिला…

thumbnail

जंगलमा हातखुट्टा बाँधि गाडी लुटेर तीन जना फरार

धनगढी । अत्तरिया डडेल्धुरा जोड्ने भिमदत्त पन्त राजमार्ग अन्तर्गत कैलालीको गोदावरी नगरपालिका–४ सडक छेउमा सोमबार बिहान १ बजेतिर एक जना पुरुषलाई हातखुट्टा बाँधेर लडिरहेको अवस्थामा स्थानीयले देखे । गोदावरीदेखि करिब ६ किलोमिटरमाथी…

thumbnail

दाइको हत्या आरोपमा भाइ र भाइका साथी पक्राउ

सर्लाही । सर्लाहीको कविलासी नगरपालिका–८ अगर्वामा एक युवकको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतककै सहोदर भाइसहित दुई जनालाई पक्राउ गरेको छ। कविलासी नगरपालिका–८ अगर्वाका स्थानीयवासी अन्दाजी वर्ष २४ का अमरेन्द्र…