लागुऔषधसहित पाँच जना पक्राउ

इनरुवा । जिल्ला प्रहरी कार्यालय सुनसरीले जिल्लाको विभिन्न स्थानबाट लागुऔषधसहित पाँच जनालाई नियन्त्रणमा लिएर मङ्गलबार सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा सुनसरीको कोशी गाउँपालिका–१ लौकहीका १९ वर्षीय मनिष यादव, भारत सुपौल बनेलीपट्टी–७ का १९ वर्षीय सुरेशकुमार गुप्ता, कोशी गाउँपालिका १९ वर्षीय महेशकुमार मेहता, भोक्राहा नरसिंह गाउँपालिका–१ का सञ्जीव उराव र रामधुनी नगरपालिका–३ झुम्काका नफिल मियाँ रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए।

सुनसरी प्रहरीले शुरु गरेको लागुऔषधविरुद्धको अभियानअन्तर्गत भारतीय बजारबाट नेपाली बजारतर्फ लागुऔषध लिएर आइरहेको गोप्य सूचनाका अधारमा उनीहरुलाई पक्राउ गरिएको सुनसरीका प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए। यादव, गुप्ता र मेहतालाई सुनसरीको कोशी गाउँपालिका–१ लौकहीस्थित राजापोखरीबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाको साथबाट डाइलक्स डिसी १०० एमएलको ४७ बोतल बरामद गरिएको प्रहरीले जनाएको छ। उराव र मेहतालाई इनरुवा–४ बाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। पक्राउ परेका उराव र मियाँको साथबाट प्रहरीले नाइट्रिसन १० लेखिएको लागुऔषध जम्मा आठवटा बरामद गरिएको प्रहरीले जनाएको छ। इनरुवा–४ स्थित बसचोकमा शङ्कास्पद अवस्थामा आउँदै गरेको देखी जाँच गर्ने क्रममा लगुऔषध बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेकालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरी लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिमको कानूनी प्रक्रिया बढाइएको सुनसरीका प्रहरी नायब उपरीक्षक कार्कीले बताए।रासस/nagariknews.nagariknetwork

सम्बन्धित समाचार

thumbnail

पञ्चदेवल विनायककी मेयर चलाउने प्रहरी नियन्त्रणमा

अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय विनोद शाहीको मृत्यु प्रकरणका आरोपित नवनिर्वाचित मेयर अम्बिका चलाउनेलाई प्रहरीले नियन्त्रणमा राखेको छ । अछाम जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी नारायण डाँगीका अनुसार…

thumbnail

सरकारी जागिर खान शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा एक पक्राउ

काठमाडौँ । शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पदको नियुक्तिको लागि नक्कली प्रमाणपत्र…

thumbnail

ओमसतिया गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार अनुसन्धान दुरुपयोग आयोगले रुपन्देहीको ओमसतिया गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजु नेपालसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । ओमसतिया गाउँपालिका–४ मटेरिया गाउँको मुख्य सडकमा पीसीसी काममा लागत…