लागूऔषधसहित चार जना पक्राउ

सप्तरी । सप्तरी प्रहरीले चार दिनको अवधिमा विभिन्न ठाउँबाट लागुऔषधसहित औषधि व्यवसायीसमेत चार जनालाई पक्राउ गर्न सफल भएका छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पछिल्लोपटक जिल्लाको सुरुङ्गा नगरपालिका–४ मधुपट्टीका १९ वर्षीय नितेशकुमार चौधरीलाई लागुऔषधसहित पक्राउ गरिएको छ । कालो प्लाष्टिक झोलाभित्र लागुऔषध राखेर पैदलयात्रा गरिरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कदरवनाका प्रहरी निरीक्षक वीरन्द्र पासवानले बताए ।

चौधरीको झोलाबाट ४५ थान नाइट्राभेट ट्याब्लेट, १० एम्पुल डिजिक्लाब, १० एम्पुल नूफिन, १० एम्पुल फेनार्गन बरामद गरिएको छ । त्यस्तै जाँचकै क्रममा बोदेबर्साइन नगरपालिका–३ कुशमहारका ३१ वर्षीय नितेशकुमार मण्डल र सोही ठाउँका ३२ वर्षीय सियाराम मण्डलको साथबाट समेत लागुऔषध बरामद प्रहरीले जनाएको छ ।

स११प ८२५ नंको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलको पछाडि सवार सियारामले बोकेको झोलाबाट ८९४ थान नाइट्राभेट ट्याब्लेट बरामद भएको थियो ।

यस्तै बोदेबर्साइन नगरपालिका–१० खड्कपुरका औषधि व्यवसायी ३७ वर्षीय रञ्जितकुमार यादव पनि पक्राउ परेका छन् । यादवले नै नयाँ चोकमा सञ्चालन गरेको कुखुरा फार्मबाट डाइलेक्स डिसी सिरप ३५ बोतल, नाइट्राभेट ट्याब्लेट ७०, नफिङ इन्जेक्सन दुई, डाइजेलप इन्जेक्सन सात वटा र स्पास्मो प्रोभोल ट्याब्लेट १४४ थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भारतको विहार राज्यसँग सिमाना जोडिएको सप्तरी जिल्लामा ७८ किलोमिटरको खुला सिमाना रहेको छ । सप्तरीबाट भारत प्रवेश गर्न दर्जनौँ नाका छन् । सोही कारणले ती नाकामा लागुऔषध ओसारपसार हुने गरेको प्रहरीको भनाइ छ । रासस/नागरिक खबर

सम्बन्धित समाचार

thumbnail

१ करोड २० लाख भ्रष्टाचारको आरोपमा जितपुर-सिमराका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतविरुद्ध दुई मुद्दा

काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईंसहित दुई वटा छुट्टाछुट्टै सप्लायर्सविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईं…

thumbnail

१३ केजी गाँजासहित एक पक्राउ

बारा । निजगढ नगरपालिका–१ धनसर पुल नजिकबाट १३ केजी अवैध लागूऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर बकैया गाउँपालिका–३ बस्ने ३३ वर्षीय लाल काजी रहेका छन् ।…

thumbnail

पत्नीको घाँटी थिचेर हत्या, पति र ससुरा पक्राउ

धनुषा । पत्नीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले पति र ससुरालाई पक्राउ गरेको छ । धनुषाको शहिदनगर नगरपालिका–८ नाथपट्टीकी गौरीदेवी मण्डलको घाँटी थिचेर हत्या गरेको आरोपमा उनका पति रामचन्द्र मण्डल खत्वे…