काेराेना अपडेट मुख्य समाचार राष्ट्रिय समाचार समाज स्वास्थ्य

वाग्मती प्रदेशमा कोरोनाबाट ६ सय जना भन्दा बढीको निधन

हेटौंडा । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणबाट हेटौंडालगायत वाग्मती प्रदेशमा हालसम्म ६३१ जनाको मृत्यु भइसकेको छ । वाग्मती प्रदेश, सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा एक लाख १७ हजार १९७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयको कोभिड–१९ का प्रवक्ता डा।पुरुषोत्तम सेढाईंकाअनुसार कूल सङ्क्रमितमध्ये ९८ हजार ५५९ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । प्रदेशमा कोरोना सङ्क्रमणबाट निको हुने दर ८४ प्रतिशत रहेको उनको भनाइ छ ।

प्रवक्ता डा।सेढाईंका अनुसार मुलुकका कूल कोरोना सङ्क्रमितमध्ये वाग्मती प्रदेशमा ५० प्रतिशत छ । कोरोनाको सङ्क्रमणबाट सुरक्षित रहन सरकारले निर्धारण गरेको मापदण्ड पालना गर्नुपर्ने उनको भनाइ छ । यसैबीच हेटौँडा उपमहानगरपालिका–५ की ६४ वर्षीया एक महिलाको कोरोना सङ्क्रमणबाट आज आफ्नै घरमा मृत्यु भएको छ । उनलाई गत कात्तिक १८ गते कोरोना पृष्टि भएको थियो । शव व्यवस्थापन नेपाली सेनाले गर्ने निजको परिवारले जनाएको छ । रासस

सम्बन्धित समाचार

thumbnail

म्याग्दीमा थप ९ जनामा कोरोना संक्रमण

म्याग्दी । म्याग्दीमा थप नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कन्त्याक्ट ट्रेसिङमा परेका र शंकास्पद बिरामीहरुको मंसिर १६ गते संकलन गरिएका १४ वटा नमुनाको पिसिआर रिपोर्ट अनुसार गुल्मी, तनहुँ र…

thumbnail

पछिल्लो २४ घण्टामा थप १२७२ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ७२ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ३८ हजार ८ सय ६१ पुगेको…

thumbnail

कैलालीमा थप एक संक्रमित पुरुषको मृत्यु

कैलाली । कैलालीमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पताल अन्तर्गतको अस्थायी कोरोना अस्पतालमा उपचाररत कैलाली गोदावरी ३ का ७६ वर्षीय पुरुषको मृत्यु भएको प्रादेशिक अस्पतालका…

Write a Reply or Comment