अन्तराष्ट्रिय खेलकुद मनोरञ्जन मुख्य समाचार राष्ट्रिय समाचार

सन्दीपले होबर्ट हुरिकेन्सबाट बीबीएल खेल्ने

काठमाडौँ । नेपाली क्रिकेटका ‘ग्लोबल आइकन’ सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग ब्यास लिग (बीबीएल)टी ट्वान्टी क्रिकेट होबर्ट हुरिकेन्सबाट खेल्ने भएका छन्।होबर्टले बिहिबार विदेशी खेलाडीको कोटामा सन्दीपलाई अनुबन्धित गरेको उनका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए।सम्झौता रकम भने उसले खुलाएको छैन ।

सन्दीपले लगातार तेस्रो पटक बीबीएल खेल्न लागेको हो।यसअघि सन्दीपले दुई सिजन मेलबर्न स्टार्सबाट बीबीएल खेलेका थिए।उनले दुवै सिजनमा गरी बीबीएलमा २० खेल खेल्दै २६ विकेट लिएका थिए।गत संस्करणमा सन्दीपको उत्कृष्ट प्रदर्शनकै कारण मेलबर्न फाइनलमा पुगेको थियो ।

बीबीएलका लागि होबर्टमा सामेल हुन पाउँदा सम्मान महसुस गरेको सन्दीपले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका छन्।अष्ट्रेलियामा आफूले सधैं माया र सम्मान पाएको उनको भनाइ छ।इन्डियन प्रिमियर लिग (आइपीएल) बाट फर्किएका उनी हाल चितवनस्थित घरमा छन्। यस पटकको आइपीएलमा उनले कुनै पनि खेल खेलेका छैनन्।

यस्तै होबर्टका मुख्य प्रशिक्षक एडम ग्रिफ्टले सन्दीपको अगमनले टिमको बलिङ पक्ष थप बलियो भएको बताए।सन्दीपमा जहिले पनि रहस्यमय स्पिनको साथ खेल परिवर्तन गर्नसक्ने खुबी भएको र इनिङ्सको कुनै पनि चरणमा बलिङ गर्न सक्ने उनको भनाइ छ। सन्दीप ‘विकेट टेकर’ भएकाले बलिङमा अर्को आयाम थपिने प्रशिक्षक ग्रिफ्टले उल्लेख गरे।

नयाँ सिजनको बीबीएल आगामी डिसेम्बर १० अर्थात् मङ्सिर २५ गतेदेखि शुरु हुनेछ।यस सिजनमा हरेक टिमले तीन विदेशी खेलाडीलाई प्लेइङ सेटमा राख्न पाउने छन्।यसअघि बीबीएलमा दुई विदेशी खेलाडीलाई मात्र राख्न पाइने नियम थियो ।रासस

सम्बन्धित समाचार

thumbnail

कोरोना संक्रमणका कारण क्यालिफोर्नियामा ५० हजार भन्दा बढीको मृत्यु

एजेन्सी । कोभिड १९ को सङ्क्रमणबाट अमेरिकाको क्यालिफोर्नियामा मात्र ५० हजार जनाभन्दा बढी नागरिकको ज्यान गएको बताइएको छ । कोभिड १९ महामारीका कारण क्यालिफोर्नियाका ५० हजार ९९१ जना नागरिकको ज्यान गएको अधिकारीहरुले…

thumbnail

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई अस्पताल भर्ना

नयाँदिल्ली । स्वास्थ्य उपचारका लागि नयाँदिल्ली आउनुभएका पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराई अस्पताल भर्ना हुनुभएको छ । भट्टराईलाई मंगलबार दिल्लीको वसन्तकुञ्जस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा भर्ना गरिएको…

thumbnail

अमेरिकामा २३ वर्षीय नेपाली विद्यार्थीको सुतेकै अवस्थामा निधन

टेक्सास । अमेरिकाको टेक्सासको ह्युष्टनमा २३ वर्षीय नेपाली विद्यार्थी प्रमोद भट्टराईको असामयिक निधन भएको छ । झण्डै ५ वर्ष अगाडि अमेरिका आएका भट्टराई मंगलबार विहान मृत भेटिएका थिए । पोष्टमार्टम रिपोर्ट अहिलेसम्म…