सप्तरीबाट लागूऔषधसहित दुई पक्राउ

सप्तरी । सप्तरी प्रहरीले लागूऔषधसहित दुई जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तकोशी नगरपालिका-२ फत्तेपुरका ३५ वर्षीय ब्रिटिस थापा मगर र सप्तकोशी नगरपालिका-१ का ३० वर्षीय भूमीराज थापा रहेका छन् ।

भारतबाट लागूऔषध ल्याउँदै गरेको अवस्थामा हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १४ स्थित रम्पुरा मल्हनियाँबाट उनीहरुलाई पक्राउ गरिएको सप्तरी प्रहरीका प्रबक्ता भुवनेश्वर साहले जानकारी दिए ।

स.८ प ९०९५ नम्बरको मोटरसाइकलमा सवार दुवैजनाको साथबाट डाईजील्याब ५० एम्पुल, फेनारगन ५० एम्पुल र लुपिजेसिक ५० एम्पुल बरामद भएको प्रबक्ता साहले बताए । उनीहरुको साथबाट ७० हजार रुपैयाँ नगर समेत बरामद भएको छ । पक्राउ परेका दुवै जनाविरुद्व लागूऔषध मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अनलाइनखबरबाट साभार

सम्बन्धित समाचार

thumbnail

१ करोड २० लाख भ्रष्टाचारको आरोपमा जितपुर-सिमराका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतविरुद्ध दुई मुद्दा

काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईंसहित दुई वटा छुट्टाछुट्टै सप्लायर्सविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईं…

thumbnail

१३ केजी गाँजासहित एक पक्राउ

बारा । निजगढ नगरपालिका–१ धनसर पुल नजिकबाट १३ केजी अवैध लागूऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर बकैया गाउँपालिका–३ बस्ने ३३ वर्षीय लाल काजी रहेका छन् ।…

thumbnail

पत्नीको घाँटी थिचेर हत्या, पति र ससुरा पक्राउ

धनुषा । पत्नीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले पति र ससुरालाई पक्राउ गरेको छ । धनुषाको शहिदनगर नगरपालिका–८ नाथपट्टीकी गौरीदेवी मण्डलको घाँटी थिचेर हत्या गरेको आरोपमा उनका पति रामचन्द्र मण्डल खत्वे…