सरकारले विज्ञापन बोर्डमा ५ जना सदस्य नियुक्त

काठमाडौं । सरकारले विज्ञापन बोर्डमा रिक्त रहेका ५ जना सदस्यहरु नियुक्त गरेको छ । सरकारले सञ्चार क्षेत्रका अनुभवी तथा विभिन्न माध्यमका सञ्चारक्षेत्रलाई समेट्यै सदस्यहरु नियुक्त गरेको हो ।

विज्ञापन बोर्डको सदस्य नियुक्त हुनेमा महेन्द्र बहादुर शेरचन, शुभशंकर कडेल, बलराम थापा चन्द्र न्यौपाने र बन्दना दनुवार रहेका छन् । उनीहरुलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले खादा लगाएर स्वागत गरेका छन् ।

मन्त्रालयको नेतृत्वमा यसअघि गत कार्तिक ७ गतेदेखि देशभर क्लिनफिड लागू भएको थियो । सञ्चार क्षेत्रमा वित्रापन बोर्ड बलियो संस्थाको रुपमा रहेका छ । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार