काठमाडौँ । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल, नेपालका ८ जना सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) को काज सरुवा गरेको छ । डीआईजीसँगै एकजना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को पनि सरुवा भएको छ ।
बिहीबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मन्त्रिस्तरीय निर्णय गर्दै ८ डीआईजी र १ जना एसएसपीको सरुवा गरेको हो । डीआईजी राजु अर्यालको उपत्यका हेर्ने पशुपति बाहिनीको बाहिनीपतिमा सरुवा भएको छ । अर्याल सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता थिए ।
त्यस्तै पशुपति बाहिनीको बाहिनीपतिमा रहेका डीआईजी प्रविणकुमार श्रेष्ठको बैद्यनाथ बाहिनी मुुख्यालय कैलाली सरुवा गरिएको छ । बैद्यनाथ बाहिनी मुुख्यालयका निमित्त बाहिनीपति रहेका एसएसपी अभिकुमार खत्रीको महेश्वरी बाहिनी मुुख्यालय, सुुर्खेत काज सरुवा भएको छ ।
त्यस्तै सशस्त्र मुख्यालयमा रहेका डीआईजी चन्द्रप्रकाश गौतमको सशस्त्र प्रहरी बल, नेपाल २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीमा काज सरुवा भएको छ । त्यहाँ रहेका डीआईजी कृष्णभक्त बम्हचार्यको गौतमको ठाउँमा सरवा भएको छ ।
मुख्य समाचार
म्याग्दी न्युज विशेष
राष्ट्रिय
समाचार
पर्वत। प्रशासकीय भवन निर्माणका लागि जग्गा प्राप्त गर्ने प्रक्रियाका निम्ति कार्यपालिका बैठकले अध्यक्ष यामबहादुर मल्ललाई जिम्मेवारी दिएको थियो । करिब ८ रोपनी जग्गा खरिद गर्ने र ३ रोपनी जग्गा निःशुल्क प्राप्त गर्ने…
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा घाँस काट्ने क्रममा आइतबार एक महिला रुखबाट लडेर घाइते हुनुभएको छ । मुनाकी ४० वर्षीया मनमाया शेरपुजा रुखबाट खसेर घाइते हुनुभएको हो । शेरपुजालाई प्रभु एयरको…
काठमाडौं । पाल्पाबाट बुटवल हुँदै बग्ने तिनाउ नदीको पवित्रता बचाउन र प्रदुषित हुन नदिनका लागि आजदेखि तिनाउ सरसफाइ अभियान सुरु गरिएको छ । पछिल्लो समय तिनाउ नदी मानवीय अतिक्रमण र सहरको फोहोरका…

काेराेना अपडेट
मुख्य समाचार
म्याग्दी न्युज विशेष
राष्ट्रिय
काठमाडौँ । पछिल्लो २४ घण्टामा शनिबार थप ३ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै हालसम्म नेपालमा २ लाख ६७ हजार ६ सय ४४…