मुख्य समाचार राष्ट्रिय समाचार समाज सुरक्षा स्वास्थ्य

सिगास सामुदायिक वनमा ११ वटा गाई मृतावस्थामा फेला

बैतडी । जिल्लामा शुक्रबार ११ गाई मरेको अवस्थामा फेला परेका छन् । पुर्चौंडी नगरपालिका वडा नम्बर ६ स्थित सिगास सामुदायिक वनको हाताभित्र भेरीखोला मुहानमा मृत गाई फेला परेका हुन् । बैतडीका प्रहरी प्रमुख नारायणप्रसाद अधिकारीले गाई मृतावस्थामा फेला परेको भन्ने स्थानीयवासीले खबर गरेको र प्रहरी टोली जाने तयारीमा रहेको जानकारी दिए ।

पुर्चौंडी–६ को मुडेलीका ८० घरपरिवार र एक विद्यालयले त्यही मुहानको पानी प्रयोग गर्दै आएका थिए । गाउँमा आउने खानेपानीको मुहानमा मृत गाई भेटिएपछि खानेपानीको समस्या भएको स्थानीयवासी सीता साउँदले बताइन् । उनले भनिन्, “पानीको मुहानमै गाई मरेका हुँदा खानेपानीको निकै समस्या भएको छ । त्यो ठाउँमा दुर्गन्धसमेत फैलिएको छ ।”

नगरपालिकाको कुवाकोट–सुवालेक सडकखण्ड नजिकै रहेको पानीको मुहानमा गाई मृतावस्थामा भेटिएकाले सडकबाटै फालिएको हुन सक्ने स्थानीयवासीले अनुमान गरेका छन् । “ गाई फालेर मारेको हुन सक्ने अनुमान गरेका छौँ”, स्थानीयवासी प्रेम साउँदले भने,“पानीको मूहानमा गाई मरेको भेटिएपछि गाउँ र विद्यालयमा खानेपानीको समस्या भएको छ ।”

मुडेलीस्थित पञ्चकन्या आधारभूत विद्यालयका बालबालिकालाई खानेपानीको समस्या भएको छ । मरेका गाई पाटन नगरपालिकाबाट पुर्चौंडीकै लक्ष्मण पार्की र सुरेन्द्र पार्कीले लगेको बुझिएको छ । पाटन नगरपालिकाले छाडा गाईगोरु व्यवस्थापनका लागि प्रतिगाई रु दुई हजार ५ सयका दरले ती व्यक्तिको जिम्मा लगाएको र उनीहरुले ताक्लाकोट लग्ने भनेर नगरपालिकाबाट लगेको उपप्रमुख सरस्वती कोलीले जानकारी दिइन् । उनले भनिन्, “बाटामा कतै नछाड्ने शर्तमा उनीहरुले गाई लगेका हुन् ।”

पानीको मुहानमा मृतावस्थामा गाई भेटिएपछि प्रहरी टोली त्यसतर्फ जाने तयारी गरिरहेको इलाका प्रहरी कार्यालयका पाटनका प्रहरी निरीक्षक धनदेव साउँदले जानकारी दिए । गाईको हत्या गरेर फालेको भए कानूनअनुसार कारबाही हुने प्रहरी नायब उपरीक्षक अधिकारीले बताए । उनले भने, “प्रहरी टोली जाँदैछ, अनुसन्धान गर्छौँ, हत्या गरेर फालेको भए कानूनअनुसार कारबाही हुन्छ ।” नागरिक खबरबाट साभार

सम्बन्धित समाचार

thumbnail

दुई श्रीमती हुँदाहुँदै तेस्रो विवाह गरेको आरोपमा सल्यानका वडाध्यक्ष पक्राउ

काठमाडौँ । बहुविवाहको आरोपमा सल्यानका वडाध्यक्ष पक्राउ परेका छन्। प्रहरीले वनगाड कुपिण्डे नगरपालिका-९ का वडाध्यक्ष इन्द्रबहादुर कुमाईलाई पक्राउ गरेको हो। उनलाई प्रहरीले शुक्रबार बेलुका जयतपानी बजारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता…

thumbnail

अर्थमन्त्री पौडेलले समाजसेवी सपना रोका मगरलाई भेटेर बधाई दिए

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समाजसेवी सपना मगरलाई भेटेर बधाई दिएका छन् । शुक्रबार अर्थमन्त्रालयमा अर्थमन्त्री पौडेलले समाजसेवी सपना मल्ल मगरसँग भेट गर्दै बीबीसीको १ सय जना प्रभावशाली महिलामा परेकोमा बधाई दिएका…

thumbnail

म्याग्दीमा थप ९ जनामा कोरोना संक्रमण

म्याग्दी । म्याग्दीमा थप नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कन्त्याक्ट ट्रेसिङमा परेका र शंकास्पद बिरामीहरुको मंसिर १६ गते संकलन गरिएका १४ वटा नमुनाको पिसिआर रिपोर्ट अनुसार गुल्मी, तनहुँ र…

Write a Reply or Comment