१४ गतेदेखि बेनी नगरपालिकाका विद्यालय खुल्ने

बेनी । कोरोना कारण बन्द भएका बेनी नगरपालिकाका निजी तथा सामुदायिक विद्यालय मंसिर १४ गते आइतबार देखी खुल्ने भएका छन् । बिहिबार नगरपालिकाको ६१ औँ नगर कार्यपालिकाको बैठकले जनस्वाथ्यका मापदण्डहरु पालना गरि विद्यालय सञ्चालन गर्न दिने निर्णय गरेको नगरपालिकाका प्रवक्ता रामकृष्ण बराइलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार निजी तथा सामुदायिक विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्षले विद्यालय खोल्न अनुमति मागेका थिए । सोही अनुसार नगरपालिकाले खोल्न दिन निर्णय गरेको हो ।

विद्यालयमा जनस्वाथ्यको अक्षरश पालना गर्ने र नगरको पाहिएमा विद्यालय नै जिम्मेवार रहने गरि विद्यालय सञ्चालन गर्न अनुमित दिएको नगरपालिकाले जनाएको छ । शैक्षिक संस्थाहरु बन्द हुँदा चालु शैक्षिक सत्रनै प्रभावित बन्ने अवस्था आएको र विद्यार्थीहरुको पठनपाठनमा समेत असर पुगेको थियो । विद्यालय व्यवस्थापन समिति र शिक्षकको सहकार्यमा मास्क, सेनिटाईजर र भौतीक दुरी कायम गरेर मात्रै विद्यालय सञ्चालन गरिने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार