१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ

बागलुङ । घरमा कोही नभएको मौका छोपेर बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

काठेखोला गाउँपालिकाका २६ वर्षीय होम केसीलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले बताए । गत शुक्रबार बेलुकी केसीले १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको पीडित परिवारले जनाएको छ । बालिकाले रोइकराइ गरेपछि परिवारका सदस्यले थाहा पाएका थिए । परिवारका सदस्यहरु बालिकाको उद्धारमा पुग्दा ती युवक भागेको पीडितका आफन्तले बताए ।

प्रहरीले केसीविरुद्ध आइतबार जबरजस्ती करणी उद्योगमा मुद्दा दायर गरेको छ । ‘परिवारका सदस्यले दबाब आयो पनि भनिरहनु भएको छ, हामीले कानून बमोजिम कारबाही गर्छौं,’ रेग्मीले भने, ‘पीडितलाई समस्या आएमा थप सुरक्षा दिन पनि प्रहरी तयार छ ।’ पक्राउ परेका युवालाई म्याद थप गरेर अनुसन्धान र कारबाही पक्रिया अगाडि बढाइने उनले बताए । पीडित बालिकाको स्थानीय स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गरिसकिएको छ । ekantipur बाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार