७ वर्षदेखि साउदी जेल जीवन बिताइरहेका म्याग्दीका निउरे स्वदेश फर्किदै

बेनी । विगत ७ वर्षदेखि साउदी अरबमा जेल जीवन बिताइरहेका म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ स्थित दिच्यामका राजकुमार निउरे नेपाल फर्किने भएका छन् ।मोरङका कमल वस्तीको हत्या आरोपमा जेलमा रहेका निउरेलाई आवरश्यक कागजात र मृतकका आफन्तले माग गरेको ब्लड मनी तिरेपछि शुक्रबार नेपाल फर्किन लागेका हुन् ।

करिब १ बर्ष अघिदेखि म्याग्दी प्रवासी नेपाली संघ (मोना आइईसी ) र मोना राष्ट्रिय कार्यकारी समिति, मोना साउदी अरबको संयुक्त पहलमा राजकुमार निउरेलाई जेलमुक्त गराइएको थियो । ब्लड मनिको लागि आवश्यक २० लाख रुपैयाँ मध्य १५ लाख (मोना आइईसी) र मोना राष्ट्रिय कार्यकारी समिति साउदी अरबको पहलमा बाँकी रकम संकलन भएको मोना साउदी अरबका महासचिव तिलक पुन मगरले बताउनुभयो । उहाँका अनुसार निउरेलाई जेलमुक्त गर्न साउदी अरबको रियादस्थित नेपाली दूतावासको विशेष पहल तथा विश्वभर रहेका म्याग्देली लगायत नेपालीहरुको आर्थिक सहयोग रहेको छ ।

निउरे बैदेशिक रोजगारीको क्रममा २०६८ मा साउदी अरब पुगेका थिए । एउटै कम्पनीमा कार्यरत सहकर्मीको कुटपिटबाट गम्भिर घाइते भएका वस्तीको उपचार्थ अस्पताल लैजाने क्रममा मृत्यु भएपछि फिंगर प्रिन्टको आधारमा निउरेलाई दोषी ठहर गरिएको थियो । जेलमा रहेका निउरेको घर फिर्तीका लागि मोना साउदी अरब ,मोना अन्तर्राष्ट्रिय र विभिन्न संघसंस्थाको सहयोगमा (राजकुमार निउरे बचाउ अभियान) थालिएको थियो । साउदी अरब सरकारले तोकेको पाँच बर्षको सजाय कैद गरेपनि निउरे जेलमै रहेका थिए । जेलमुक्त भएपछि आर्थिक सहयोग संकलन अभियान संचालन गरेको मोना आइईसीका अध्यक्ष ओम नारायण जुग्जालीले अभियानमा पहल तथा आर्थिक सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार