मनोरञ्जन मुख्य समाचार राष्ट्रिय समाचार समाज

अभिनेत्री श्वेता खड्काको मंसिर २२ मा विहे हुँदै

काठमाडौं । अभिनेत्री श्वेता खड्काले विवाह गर्ने भएकी छन् । उनले धनगढीका विजयेन्द्र सिंह रावतसँग यही मंसिरमा लगनगाँठो कस्न लागेकी हुन् ।

श्वेता र रावतको विवाहका बिषयमा छापिएको विवाह कार्ड अहिले सार्वजनिक भएको छ । जसले उनले रावतसँग बिवाह गर्न लागेको समेत पुष्टि गर्दछ । उनले यहि मंसिर २२ अर्थात ७ डिसेम्बरमा बिवाह गर्न लागेकी हुन् । विवाहको निम्तो कार्डमा उनको बैवाहिक समारोह गोकर्ण फरेष्ट रिसोर्ट हुने लेखिएको छ ।

हुन त स्वेता र विजयेन्द्रको विवाहको बिषयमा केही महिनायता मिडियामा बिभिन्न समाचार छाउने गरेको थियो । तर, अभिनेत्री श्वेताले भने उक्त समचारमा खन्डन गर्दै आएकी थिइन् ।यस अगाडि उनको बिवाह गत ५ मंसिरमा हुने हल्ला चलेको थियो । त्यतिबेला पनि उनले बिहे गर्ने खबर झुट भएको बताएकी थिइन् ।

फिल्म ‘कहाँ भेटिएला’बाट अभिनयमा डेब्यु गरेकी स्वेताले यस अगाडि स्वर्गिय अभिनेता श्रीकृष्ण श्रेष्ठसँग वि।सं २०७१ साल असार २३ गते विवाह गरेकी थिइन् । बिहे भएको करिब एक महिनापछि श्रीकृष्णको निधन भएको थियो । श्रीकृष्णको निधन पछि पनि उनी अभिनय समाजसेवामा सक्रिय उनले केही अगाडि ‘कान्छी’ समेत फिल्म निर्माण गरेकी थिइन् ।

स्वेता र विजयेन्द्रको बिषयमा मिडियामा पहिलो खबर त्यतिबेला बाहिर आएको थियो । जतिबेला उनले विजेन्द्रको आमालाई शुभकामना दिएकी थिइन् ।रातोपाटीबाट साभार

सम्बन्धित समाचार

thumbnail

पर्यटन प्रवर्द्धन गर्न बेनी पिस सिटीको मालिका हाइकिङ (फोटो फिचर)

साधन राम्जाली बेनी । म्याग्दीको पर्यटकीय एवं धार्मिक स्थल मालिका धुरीको पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले यहाँको एक सामाजिक संस्थाले (दुई दिने) मालिका हाइकिङ गरेको छ । लायन्स क्लब अफ बेनी पिस सिटीको…

thumbnail

स्याङ्जामा फागुन ७ र ८ गते प्रथम आलु महोत्सव हुने

स्याङ्जा । स्याङ्जाको भीरकोट– ५ पकानमा प्रथम आलु महोत्सव हुने भएको छ ।आलु खेतीका लागि उर्वरभूमिका रुपमा चिनिएका सो स्थानमा यही फागुन ७ र ८ गते महोत्सव हुने जनाइएको छ । क्षेत्रीय…

thumbnail

गायक पुनको ‘चोखो माया’ म्युजिक भिडिओ सार्वजनिक

बेनी ।चर्चित गायक किरन पुनको ‘चोखो माया’ गितको म्युजिक भिडिओ सार्वजनिक भएको छ । माया प्रेममा आधारित गितको म्युजिक भिडिओ गायक पुनको अफिसियल युट्युव च्यानल किरन पुन मार्फत सार्वजनिक गरिएको हो ।…