म्याग्दीमा थपिए ६ जना कोरोना संक्रमित

बेनी । म्याग्दीमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार ८ गते १२ वटा नमुना संकलन गरी पिसिआर परिक्षणका लागि पठाईएकोमा प्राप्त रिपोर्ट अनुसार गोरखा घर भई हाल बेनीबजार बस्ने वर्ष ५१ का पुरूष १ जना, बाजुरा घर भई हाल बेनीबजार बस्ने वर्ष ३३ का पुरूष १ जना, डोटी घर भई हाल बेनीबजार बस्ने वर्ष ३३ का पुरूष १ जना, बाग्लुङ घर भई हाल बेनीबजार बस्ने वर्ष ३१ को पुरूष १ जना, जिल्लाको मालिका गाउँपालिका –६ ठेगाना भएका वर्ष ३७ का पुरूष १ जना, मंगला गाउँपालिका– १ ठेगाना भएका ३८ बर्षिया महिला १ जना गरि जम्मा ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

यो स.गै म्याग्दीमा कोरोना संक्रमितको संख्या १८५ जना (महिला ४४ र पुरुष १४१) पुगेको छ । हाल सम्म जम्मा २३१६ वटा नमुना संकलन गरी पठाएकोमा २३०९ वटा को रिपोर्ट प्राप्त भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार