घटना राष्ट्रिय समाचार समाज सुरक्षा स्वास्थ्य

अटो रिक्सा दुर्घटना हुदाँ एकको मृत्यु

डोटी । शिखर नगरपालिका–८ तिलताली नजिक अटो रिक्सा दुर्घटना हुँदा बुधबार एक जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा शिखर–३ का ५३ वर्षीय पदम जोराको मृत्यु भएको हो ।

घाइते हुनेमा शिखर–३ का १८ वर्षीय अर्जुन पार्की, सोही वडाका अटो चालक ४१ वर्षीय दीपक जोरा, ४० वर्षीय जीत जोरा र १७ वर्षीय नरेश पार्की रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्द्र बहादुर मल्लले जानकारी दिए ।

घाइतेमध्ये दुई जनालाई जिल्लामा उपचार हुन नसकेपछि कैलाली सिफारिश गरिएको तथा दुई जनाको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ । अटोमा सात जना सवार रहेको र अन्य दुई जना भने सकुशल रहेको प्रहरीले जनाएको छ । नागरिक खबरबाट साभार

सम्बन्धित समाचार

thumbnail

धम्काउँदै रकम असुली गर्न खोजेको आरोपमा ३ जना पक्राउ

काठमाडौँ । धम्काउँदै रकम असुली गर्न खोजेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाका अनुसार दोलखा मेलुङ गाउँपालिका घरभई असन बस्ने १९ वर्षीय प्रदिप कार्की, दोलखा शैलुङ गाउँपालिका…

thumbnail

बालिका करणी गर्ने युवकलाई २० वर्ष कैद

भोजपुर । जिल्ला अदालत भोजपुरले १४ वर्षीय बालिकालाई जबरर्जस्ती करणी गर्ने एक युवकलाई २० वर्ष कैद सजायको फैसला गरेको छ । अदालतले भोजपुर नगरपालिका–१२ टक्सारका केशर सुन्दासलाई २० वर्ष कैद र रु…

thumbnail

त्रिवि शिक्षण अस्पतालको कोभिड आईसीयूमा कार्यरत एकजना चिकित्सक कुटिए

काठमाडौं । काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालको कोभिड आईसीयूमा कार्यरत डाक्टर सविन भण्डारीमाथि आक्रमण भएको छ । कोभिड आईसीयूमा उपचाररत बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले उनीमाथी हातपात गरेको शिक्षण अस्पतालका कोभिड संयोजक डाक्टर…

Write a Reply or Comment