सुरेन गुरुङ पोखरेबगर । म्याग्दीको अन्नपुर्ण गाउँपालिकाले विश्वव्यापी रुपमा फैलिएको (कोभिड–१९) कोरोना संक्रमितको उपचारका लागि अस्थायी कोरोना अस्पताल बनाएको छ । गाउँपालिकाले वडा नं ४ स्थित नारच्याङमा सो अस्पताल बनाएको होे ।सो अस्पतालको गाउँपालिकाका अध्यक्ष क्याप्टेन डम बहादुर गर्बुजा पुनले बुधबार एक कार्याक्रमका विच उद्घाटन गर्नुभएको छ ।
‘विश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस रोकथाम , नियन्त्रण तथा व्यवस्थापन र कोरोना संक्रमितको उपचारका लागि नारच्याङमा अस्थायी कोरोना अस्पताल बनाएका छौ ,’– अध्यक्ष क्याप्टेन गर्बुजाले भन्नुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्थायी अस्पताल बनाउन गर्न १० लाख रुपैंया निकासा गरेको थियो । अस्पताल संचालनका लागि मेडिकल अफिसरसहित २ स्टाफ नर्स , कार्यालय सहयोगी सहित ५ जना जनशक्ती परिचालन हुनेछन् । कार्यक्रममा उपाध्यक्ष केशमाया मगरले कोभिड अस्पताल संचालनका लागि सबैको साथ र सहयोगको आवश्यक रहने बताउनुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन सुवेदीले गएको असोज महिनामै डाक्टरसहित दक्ष जनशक्तिको व्यवस्थापन गरी कोभिड अस्पताल स्थापना र सञ्चालन गर्ने तयारी गरिएको भए पनि जनशक्तिको अभावमा समयमै अस्पताल सञ्चालन गर्न नसकिएको बताउनुभयो । कार्यक्रममा कोरोना मुक्त भएका ४ जना मध्य २ जनालाई सम्मान गरिएको थियो । गाउँपालिकाका अध्यक्ष क्याप्टेन गर्बुजा पुनको अध्यक्षता ,प्रमुख प्रशासकीय अधिकृत सुवेदीको स्वागत तथा गाउँपालिकाका स्वास्थ्य संयोजक समुन्द्र बरुवाले कार्यक्रम संचालन गर्नुभएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस अन्नपुर्ण गाउँपालिकाका सभापति ले.बेलबहादुर पुर्जा ,वडा अध्यक्ष चन्द्रप्रसाद फगामी र कार्यपालिका सदस्य आत्म तुलाचन,डा.लक्ष्मी पन्थी लगायतले बोल्नुभएको थियो ।कार्यक्रममा पबित्रा खड्का ,सुकमाया बिक, शिर्जनशिल आमा समूह नारच्याङ, अन्नपूर्ण युथ कलब नारच्याङका प्रतिनिधि ,स्वयंसेवकहरु, आठ वटै वडाका जनप्रतिनिधि र स्वास्थ संयोजकहरुको उपस्थिति थियो ।
अन्तराष्ट्रिय
अन्नपूर्ण गाउँपालिका
मुख्य समाचार
म्याग्दी न्युज विशेष
काठमाडौँ । विश्वकै दोस्रो अग्लो चुचुरो केटू हिमालमा निर्मल पूर्जासहित १० नेपाली आरोहीहरुको टोलीले शनिबार सफलता हात पारेको छ ।चीन र पाकिस्तानको सीमामा पर्ने सबैभन्दा कठिन मानिने विश्वकै दोस्रो अग्लो हिमाल केटू…
अन्नपूर्ण गाउँपालिका
धवलागिरी गाउँपालिका
बेनी नगरपालिका
मंगला गाउँपालिका
बेनी । सरकारले संसद विघटन गरेको विरोधमा नेपाली कांग्रेसले शनिबार म्याग्दीकासबै पालिकामा विरोध प्रदर्शन गरेको छ । विभिन्न ठाउँमा भएको विरोध सभालाई जिल्ला सभापति खम बहादुर गर्बुजा सहित जिल्लाका नेताहरुले सम्बोधन गर्दै…
अन्नपूर्ण गाउँपालिका
आर्थिक
काेराेना अपडेट
मुख्य समाचार
म्याग्दी। कोरोनाको सङ्क्रमण पुष्टि हुनु । होम आइसोलेशन बस्नुपर्ने बाध्यता । काम गर्दै गरेको ठाउँमा जागिर खोसिनु । अनि सङ्क्रमण पुष्टि भएपछि टोल, छिमेकबाट दुर्व्यवहार हुनु यो कस्तो बिडम्बना !कोरोना जस्तो भाइरसको…
ललितपुर । ललितपुर महानगरले पाटन अस्पताललाई अक्सिजन प्लान्ट स्थापना गर्न एक करोड आर्थिक सहयोग गरेको छ । मंगलबार एक कार्यक्रमका बीच पाटन अस्पताललाई ललितपुर महानगर पालिकाका मेयर चिरिबाबु महर्जनले चेक हस्तान्तरण गरेका…
काठमाडौँ । धम्काउँदै रकम असुली गर्न खोजेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाका अनुसार दोलखा मेलुङ गाउँपालिका घरभई असन बस्ने १९ वर्षीय प्रदिप कार्की, दोलखा शैलुङ गाउँपालिका…
काेराेना अपडेट
मुख्य समाचार
म्याग्दी न्युज विशेष
राष्ट्रिय
काठमाडौँ । पछिल्लो २४ घण्टामा शनिबार थप ३ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै हालसम्म नेपालमा २ लाख ६७ हजार ९ सय ९२…
काठमाडौं । काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालको कोभिड आईसीयूमा कार्यरत डाक्टर सविन भण्डारीमाथि आक्रमण भएको छ । कोभिड आईसीयूमा उपचाररत बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले उनीमाथी हातपात गरेको शिक्षण अस्पतालका कोभिड संयोजक डाक्टर…