अरुणाले हात पारिन ‘पिपल्स च्वाइस अवार्ड ’

बेनी । राट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीले ‘पिपल्स च्वाइस अवार्ड ’ जित्नुभएको छ ।नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको ‘एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड ’अन्तर्गतको ‘पिपल्स च्वाइस अवार्ड ’ कप्तान शाहीले जित्नुभएको हो । विजेता शाहीले ३७.५२५ प्रतिशत भोट प्राप्त गर्नुभएको छ ।

यसैगरी, पिपल्स च्वाइस विद्यामा मनोनयमा परेका करातेका मन्देकाजी श्रेष्ठले २८.४५७ प्रतिशत ,बास्केटबलकी सदिना श्रेष्ठले १३.४९९ प्रतिशत ,स्वीमिङकी गौरिका सिङले १३.३०१ प्रतिशत र फुटबलकी सावित्रा भण्डारीले ७.२१८ प्रतिशत भोट पाएका छन् ।

म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेकी शाही पिपल्स च्वाइस विद्यामा मनोनयमा परेपछि उहाँलाई जिताउन गृह जिल्ला म्याग्दीमा र पोखरा लगायत देशविदेशबाट अभियान थालिएको थियो ।शाहीलाई विजेता बनाउन म्याग्दीमा भलिबल खेलाडी तेजेन्द्र बानियाँको नेतृत्वमा घरदैलोसहित अभियान समेत चलाइएको थियो ।

मनोनयनमा परेका खेलाडीलाई ई–सेवामार्फत एसएमएम भोटिङ, फेसबुक लाइक, खेलकुद मञ्चका सदस्यको भोट र राष्ट्रिय संघका मुख्य प्रशिक्षकको भोटको आधारमा विजेता छनोट गरिएको आयोजकले जनाएको छ । शाहीले अवार्ड जिटाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार