अन्तराष्ट्रिय खेलकुद मुख्य समाचार राष्ट्रिय समाचार समाज

आईओएफटीसी पुम्सेमा नेपाल उपविजेता

काठमाडौं । दोश्रो आईओएफटीसी पुम्सु अनलाइन भिडियो च्याम्पियनसिपमा नेपाल समग्रमा टिम उपविजेता बनेको छ । नेपालले १९ स्वर्ण, १४ रजत र २२ कांस्य जितेको आईओएफटीसी हेल्प डेस्क टिम नेपालका संयोजक रामचन्द्र ब्यञ्जनकारले जनाएका छन् ।

नेपालका लागि एरिक राणा, विकास शाह, कृपा गुरुङ, रोधन राई, सोफिया तामाङ, कृयासन विष्ट, इशान शाह, जेसन थापा, राहुल हजरा, सगुन राई, विनिता प्रधान, चिरञ्जीवी भण्डारी, प्रेम लामा मोक्तान, सुष्मा राई, मुना तामाङ, प्रतिक्षा राणा, जितबहादुर बोट, कमल श्रेष्ठ र सुरेश मानन्धरले स्वर्ण जिते ।

अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको आईओएफटीसीद्वारा आयोजित प्रतियोगितामा २६ स्वर्ण, २४ रजत र २३ कांस्यसाथ अमेरिका टिम च्याम्पियन बन्यो । डिसेम्बर २८ देखि ३० तारिखसम्म भएको प्रतियोगितामा नेपाल प्रहरी क्लबले अनुशासित टिमको उपाधि हात पा¥यो ।

ब्ल्याकवेल्टतर्फ पुरुषमा नेपालका जितबहादुर बोट तथा महिलामा अमेरिकाकी बिट्रिज करिना बेलिसिना उत्कृष्ट खेलाडी चुनिए । कलर बेल्टतर्फ पुरुषमा फिलिपिन्सका क्लार्क जेड अबेलो तथा महिलामा सोही राष्ट्रकी फ्रेङहेज्का थेरेसे गुइहामा उत्कृष्ट खेलाडी घोषित भए । उत्कृष्ट चारैले जनही १ सय ५० अमेरिकी डलर पुरस्कार जिते । अमेरिकाका क्यारोलिन इने पार्क उत्कृष्ट निर्णायक ठहरिए ।

आईओएफटीसीको २० औं स्थापना दिवसका अवसरमा प्रतियोगिता आयोजना गरिएको आईओएफटीसीका निर्देशक दिवाकर महर्जनले जनाएका छन् । प्रतियोगितामा विभिन्न २० राष्ट्रका २ सय ७० खेलाडीले प्रतिस्पर्धा गरेका थिए । रातोपाटीबाट साभार

सम्बन्धित समाचार

thumbnail

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई अस्पताल भर्ना

नयाँदिल्ली । स्वास्थ्य उपचारका लागि नयाँदिल्ली आउनुभएका पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराई अस्पताल भर्ना हुनुभएको छ । भट्टराईलाई मंगलबार दिल्लीको वसन्तकुञ्जस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा भर्ना गरिएको…

thumbnail

अमेरिकामा २३ वर्षीय नेपाली विद्यार्थीको सुतेकै अवस्थामा निधन

टेक्सास । अमेरिकाको टेक्सासको ह्युष्टनमा २३ वर्षीय नेपाली विद्यार्थी प्रमोद भट्टराईको असामयिक निधन भएको छ । झण्डै ५ वर्ष अगाडि अमेरिका आएका भट्टराई मंगलबार विहान मृत भेटिएका थिए । पोष्टमार्टम रिपोर्ट अहिलेसम्म…

thumbnail

कोरियामा नेपाली मजदूरका लागि प्रवेशषज्ञा थप

–जीवन खत्री सउल । दक्षिण कोरिया सरकारले कोरियामा विभिन्न प्रवेशाज्ञा (भिसा)मा आई काम गर्ने र काम गर्न चाहेर प्रवेशाज्ञा परिवर्तन गरी अवधि थप गर्न चाहने नेपाललगायत कोरियामा रहेका अन्य विदेशी कामदारको प्रवेशाज्ञा…