कुमारी बहुउद्धेश्यीय सहकारीको १२ औं साधारणसभा

बेनी । म्याग्दी सरदरमुकाम बेनीमा सञ्चालित कुमारी बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको बार्षिक साधारणसभा सम्पन्न भएको छ । बुधबार बेनीमा भर्चुअल माध्यमबाट सहकारीको १२ औं बार्षिक साधारणसभा सम्पन्न भएको हो ।

कार्यक्रममा वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । सहकारीका सचिव याम बहादुर रोका मगरले संस्थागत बार्षिक प्रतिवेदन ,लेखा संयोजक गेमबहादुर घर्ती मगरले आन्तरिक लेखा परिक्षण प्रतिवेदन र प्रवन्धक रुद्धबहादुर गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

सात सय बढी शेयर सदस्य संख्या रहेको सहकारीको शेयर पुँजी ५ करोड साठी लाख रुपैयाँ रहेको प्रवन्धक गुरुङले बताउनुभयो ।उहाँले कोरोना कारण भर्चुअल माध्यमबाट सहकारीको वार्षिक साधारणसभा समापन भएको जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कारण सहकारी क्षेत्र प्रभावित हुन पुगेको बताए ।सहकारीका अध्यक्ष सुवेदार थमबहादुर गर्बुृजाको अध्यक्षता ,उपाध्यक्ष राजकुमार थापाको स्वागत र सचिव रोका मगरको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार

thumbnail

घरेलु उद्योग महासंघ म्याग्दी शाखा प्रदेशमा उत्कृष्ट

म्याग्दी । नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा म्याग्दी गण्डकी प्रदेशमा उत्कृष्ट शाखा घोषित भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघअन्तर्गत जिल्ला शाखाको रुपमा रहेको म्याग्दी शाखा गण्डकी…

thumbnail

लोकदिप सहकारी संस्थाद्धारा स्रोत कक्षाका विद्यार्थीलाई न्यानो कपडा वितरण

बेनी । म्याग्दीको सदरमुकाम बेनीमा रहेको वचत तथा ऋण सहकारी संस्थाले जाडोयाममा चिसोबाट बच्न जिल्लाका दुई स्रोत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा र स्टेशनरी वितरण गरेको छ। सहकारीको सामाजिक उत्तरदायित्व अन्र्तगत बेनपा–६,…

thumbnail

५.२८ अंकले बढ्यो नेप्से

काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य अंकको सुधार देखिएको छ । नेप्से ५ दशमलव २८ अंकले बढेर दुई हजार ६३३ दशमलब ६६ विन्दुमा पुगेर कारोबार बन्द…