मुख्य समाचार म्याग्दी न्युज विशेष राष्ट्रिय समाचार समाज स्थानीय

जलजलालाई नगरपालिका बनाउने जनप्रतिनिधिको निर्णय

पर्वत। प्रशासकीय भवन निर्माणका लागि जग्गा प्राप्त गर्ने प्रक्रियाका निम्ति कार्यपालिका बैठकले अध्यक्ष यामबहादुर मल्ललाई जिम्मेवारी दिएको थियो ।

करिब ८ रोपनी जग्गा खरिद गर्ने र ३ रोपनी जग्गा निःशुल्क प्राप्त गर्ने गरी प्रक्रिया अघि बढाउने गाउँसभाले सर्वसम्मत निर्णय गरेको हो । जलजलाको कार्यालय हाल वडा नम्बर ४ को लामाखेतमा छ । घर भाडामा लिएर कार्यालय सञ्चालन गरिएको छ ।

गाउँसभाले चालू आर्थिक वर्ष २०७७/७८ मा विभिन्न योजनाका लागि विनियोजन भएको बजेट रकमान्तर तथा संशोधन, योजना फरफारक तथा अनुमोदन गरेको छ ।

घरनक्सा अभिलेखीकरणका लागि राजस्वका दरमा परिवर्तन गर्ने, घर नक्सा पासका लागि गाउँपालिकाभित्रका सडकमा मापदण्ड परिवर्तन गर्ने र आगामी शैक्षिक सत्रदेखि सामुदायिक विद्यालयलाई मर्ज गर्ने नीति लिने निर्णयसमेत गाउँसभाले गरेको छ ।

सम्बन्धित समाचार

thumbnail

रुम र डाँडागाउँको पात्लेबाट लागु औषध गाँजा सहित पक्राउ परेका दुई जना सार्वजनिक (तस्बिर /भिडिओ सहित)

बेनी । म्याग्दीकोे मालिका गाउँपालिका ३ बाट प्रहरीले लागु औषध गाँजा सहित एक व्यक्तीलाई पक्राउ गरेको छ । १७ गते ईलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरिक्षक सन्तोष पौडेलको नेतृत्वमा खटिएको प्रहरीको टोलीले…

thumbnail

७८ जना कोरोना संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ७८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ७८ जनामा संक्रमण पुष्टि भएको हो ।…

thumbnail

भन्सार छलेर ल्याएको १६७ थान मोबाइलसहित एक पक्राउ

काठमाडौं । भन्सार छली ल्याएका १६७ थान मोबाइलसहित प्रहरीले काठमाडौंको गौराीघाटबाट एकजनालाई पक्राउ गरेको छ । भन्सार छलेर ल्याएका १२ लाख रुपैयाँ बराबरको मोबाइलसहित रामेछापको लिखु गाउँपालिका(६ घर भएका २६ वर्षीय मिलन…