जिल्ला प्रहरी कार्यालयमा नागरिक सहायता र स्तनपान कक्ष स्थापना (भिडिओ सहित)

बेनी । जिल्ला प्रहरी कार्यालय,म्याग्दीमा नागरिक सहायता कक्षा र स्तनपान कक्ष स्थापना भएको छ । जिल्लाको रघुगंगा गाउँपालिका र गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीको व्यक्तीगत आर्थिक सहयोग तथा प्रहरी कर्मचारीहरुको श्रमदानमा सेवाग्राहीका लागि नागरिक सहायता कक्ष र स्तनपान कक्ष स्थापना भएको हो ।गाउँपालिकाको दुई लाख पचास हजार र गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीको व्यक्तिगत ६१ हजार ६९५ रुपैयाँ आर्थिक सहयोगमा प्रहरी कर्मचारीहरुले श्रमदान गरेर कक्ष स्थापना गरेका हुन् ।

????????????????????????????????????


प्रिफेक प्रबिधिको सहायता कक्षको भवन र प्रहरी कार्यालय प्रवेशद्धारमा रहेको प्रयोगबिहिन पोष्टलाई मर्मत गरेर स्तनपान कक्ष निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयमा आउने सेवाग्राहीहरुका लागि आवश्यकता महशुस गरेर चार दिनमै कक्ष तयार पारिएको गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले बताउनुभयो ।

????????????????????????????????????

नागरिक सहायता, स्तनपानका साथै सरकारको तीन लाख पचास हजार रुपैयाँ लगानीमा प्रहरी कार्यालयको भवनमा निर्माण भएको तालिम तथा बैठक कक्षको बिहीबार प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले उद्घाटन गर्नुभयो । उहाँले म्याग्दीका स्थानीय तहहरुले प्रहरी कार्यालय र मातहतका इकाईको पुर्वाधार, प्रबिधि र स्रोत साधनमा गरेको सहयोगका कारण सुरक्षा ब्यवस्थापनलाई प्रभावकारी बनाउन सहयोग पुगेको बताउनुभयो ।

????????????????????????????????????

जिल्ला प्रहरी कार्यालय म्याग्दीमा यसअघि हिंसा प्रभावित महिला तथा बालबालिकाको आश्रयका लागि निर्माण गरिएको भवनको एउटा कोठामा सहायता कक्ष सञ्चालन गरिएको थियो । प्रवेशद्धार भन्दा टाढा र आश्रयस्थलसँगै रहेको सहायता कक्ष प्रभावकारी हुन सकेको थिएन् ।

सेवाग्राही र प्रहरी, कर्मचारीलाई बच्चालाई स्तनपान गराउन समस्या भएको थियो । कम्युटरको माध्यमबाट दैनिक रुपमा सेवाग्राहीको बिस्तृत बिवरण राखिने र सन्तुष्टिको मापनका लागि फारम समेत भर्ने ब्यवस्था मिलाइएको प्रहरी नायब उपरिक्षक किरणजंङ्ग कुँवरले बताउनुभयो ।

????????????????????????????????????

सहायता कक्षमा एक जना प्रहरी कर्मचारी खटाइएको छ । सहायता कक्षबाट सेवाग्राहीलाई परामर्श, सम्बन्धित शाखा, अधिकारीसँग सम्पर्क गराएर छिटो, छरितो सेवा प्रवाह गर्नुका साथै बिचौलियाको सहायता लिनुपर्ने अवस्थाको अन्त्य गर्न समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार