अपराध घटना मुख्य समाचार राष्ट्रिय समाचार समाज

त्रिवि शिक्षण अस्पतालको कोभिड आईसीयूमा कार्यरत एकजना चिकित्सक कुटिए

काठमाडौं । काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालको कोभिड आईसीयूमा कार्यरत डाक्टर सविन भण्डारीमाथि आक्रमण भएको छ । कोभिड आईसीयूमा उपचाररत बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले उनीमाथी हातपात गरेको शिक्षण अस्पतालका कोभिड संयोजक डाक्टर सन्तकुमार दासले बताउनुभयो । दासले भने, ‘मिस कम्युनिकेसनका कारण यहाँ ठूलो हातपात भयो ।’

निमोनियाको कारण बुटवलबाट शिक्षण अस्पतालमा रिफर गरिएका ति बिरामीलाई बुटवलमा गरिएको पीसीआर जाँच नेगेटिभ थियो । सोही कारण उनलाई शिक्षण अस्पतालको ननकोभिड वार्डमा उपचार गरिएको थियो । उपचारको क्रममा भाइरल इन्फेक्सनको शंकपछि इन्फ्लुएञ्जाको परीक्षण गर्न टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएको डाक्टर दास बताउँनुहुन्छ । उहाँको अनुसार ति बिरामीको अवस्था भर्ना गर्दा नै नाजुक थियो ।

‘बुटवलमा गरिएको पीसीआर नेगेटिभ देखाएको रिपोर्ट हेरेपछि हामीले इन्फ्लुएञ्जाको मात्रै शंका गरेर परीक्षण गर्न टेकु पठाएका थियौं,’ डाक्टर दासले भन्नुभयो , ‘टेकुमा इन्फ्लुएञ्जाको रिपोर्ट पनि नेगेटिभ आएपछि ल्याबले कोरोनाको शंका गरेर पीसीआर गरेछ, त्यो बेला पीसीआर पोजेटिभ आएको हामीलाई फोन मार्फत जानकारी आयो।’

पीसीआर रिपोर्ट पोजेटिभ आएको जानकारीपछि बिरामीलाई कोभिड आईसीयूमा सारिएको डाक्टर दास बताउँनुहुन्छ । आईसीयूमा राखेर उपचार भइरहेको अवस्थमा बिरामीको मंगलबार बिहान ११ बजे मृत्यु भएको थियो । डाक्टर दासका अनुसार मृत्युपछि रिपोर्ट लिन जादाँ ल्याबले इन्फ्लुएञ्जाको रिपोर्ट मात्र पठाएको थियो । सोही कारण मृतकका आफन्तले कोरोना नभएको मानिसलाई कोभिड आईसीयूमा राखेर मृत्यु भएको भन्दै हातपात गरेको दास बताउनुहुन्छ ।हामीले इन्फ्लुएञ्जाको मात्र रिपोर्ट दिएर किन पीसीआरको रिपोर्ट नदिएको भनेर ल्याबलाई प्रश्न गर्दा पीसीआर जाँचको शुल्क दिएको छैन भन्ने जानकारी आयो,’ डाक्टर दासले भन्नुभयो, ‘तर मृततका आफन्तले बिरामीलाई कोरोना नै नभएको भन्दै ड्युटीमा रहेका डाक्टरलाई हातपात गरे।’onlinekhabar

सम्बन्धित समाचार

thumbnail

नक्कली बाबु प्रकरण : वडा अध्यक्ष र सचिवद्धारा प्रहरी समक्ष आत्मसमर्पण

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष पुर्म पुन र सचिव शिलु आले मगरले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । झुटा बिबरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई…

thumbnail

नागढुङ्गाबाट २२ तोला अवैध सुनसहित एक भारतीय पक्राउ

काठमाडौं । काठमाडौँको चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट २२ तोला ३२ लाल तौलको २४ थान अवैध सुनको सिक्री सहित एक जना भारतीय पक्राउ परेका छन् । भारत नकुबार जानादारा जोयपुर हाउराह घर हुने…

thumbnail

बझाङमा २ फरार प्रतिवादी पक्राउ

काठमाडौं । बझाङ प्रहरीले २ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको मष्ट गाउँपालिका २ बस्ने झिल्के बुढा रजयपृथ्वी नगरपालिका ३ बस्ने सुपारी सुनार रहेका छन् । बुढा गाली…