खेलकुद मनोरञ्जन राष्ट्रिय समाचार समाज

दश महिनापछि कुस्तीको प्रशिक्षण सुरु हुँदै

काठमाडौं । बन्द भएको १० महिनापछि कुस्तीको प्रशिक्षण पुनः शुरु हुने भएको छ । कोरोना भाइरसको महामारीका कारण गत वर्ष चैतदेखि बन्द रहेको कुस्तीका राष्ट्रिय खेलाडीको प्रशिक्षण आगामी माघको पहिलो सातादेखि पुनः आरम्भ हुन लागेको हो ।

महामारीका कारण कुस्तीका खेलाडी अभ्यास गर्न नपाउँदा निश्क्रिय भएर बसेका छन् । कुस्ती खेलको गतिविधि बढाउन खेलाडीको प्रशिक्षण शुरु गर्न लागिएको नेपाल कुस्ती सङ्घका महासचिव विद्यासागर पोखरेलले जानकारी दिए ।

‘कुस्तीमा सामाजिक दूरी कायम गर्न सहज नहुँदा अन्य खेलको भन्दा प्रशिक्षण ढिला शुरु हुन लागेको हो”, उनले भने । स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर नै खेलाडीलाई प्रशिक्षण दिइने पोखरेलले बताए ।

कुस्तीमा नेपालले १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा महिलातर्फ एउटा मात्र स्वर्ण पदक जितेको थियो । नेपालका लागि सो पदक सङ्गीता धामीले जितेका थिए । रासस

सम्बन्धित समाचार

thumbnail

ताप्लेजुङमा मेयर र अध्यक्ष कप भलिबल प्रतियोगिता हुने

ताप्लेजुङ । फुङ्लिङ नगरपालिकाले मेयर कप तथा सिरिजङ्घा गाउँपालिकाले अध्यक्ष कप भलिबल प्रतियोगिता सञ्चालन गर्ने भएका छन् । फुङ्लिङले तेस्रो संस्करणको मेयर कप अन्तरपालिकास्तरीय र सिरिजङ्घाले प्रथम अध्यक्ष कप वडास्तरीय भलिबल प्रतियोगिता…

thumbnail

बार्सिलोनाका पूर्वअध्यक्ष जोसेप पक्राउ

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका पूर्वअध्यक्ष जोसेप मारिया बार्तोमेउ भ्रष्टाचारको आरोपमा पक्राउ परेका छन् । उनलाई भ्रष्टाचारको आरोपमा जोसेप सोमबार पक्राउ परेको इ–इस्पेन नेटले उल्लेख गरेको छ । जोसेप बारगेटे घोटालमा मुछिएका…

thumbnail

मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल बिजेता टिमलाई गृह जिल्ला म्याग्दीमा भव्य सम्मान ( भिडिओ/फोटो फिचर )

म्याग्दी । कास्कीको पोखरा रंगशालामा सम्पन्न मुख्यमन्त्री कप प्रदेश स्तरिय महिला भलिबल प्रतियोगितामा विजेता बनेको म्याग्दी महिला भलिबल टोलीलाई गृहजिल्लामा सम्मान गरिएको छ । जिल्ला भलिबल संघ ,म्याग्दीको आयोजनामा खेलाडीलाई पञ्चेबाजा घन्काउदै…