नयाँ बर्षको अवसरमा राष्ट्रिय आविस्कार केन्द्र,विद्यालय र अपाङ्ग सेवा संघलाई ४१ लाख ६४ हजार बढी सहयोग

म्याग्दी । फ्रान्सको एक संस्थाले नयाँ वर्षको अवसरमा नेपालमा थप ठुलो सहयोग गरेको छ । फ्रान्समा कवाडी र हस्तकलाका सामाग्री बेचेर आएको आम्दानीले नेपालका ग्रामिण भेगका विद्यालय तथा विभिन्न क्षेत्रमा ठुलो आर्थिक सहयोग गर्दै आएको संस्था नमस्ते अँफ दिमालय संस्थाले डा. महाविर पुन अध्यक्ष रहेको राष्ट्रिय आविस्कार केन्द्र ,म्याग्दीको मालिका गाउँपालिका–४ स्थित सिद्धार्थ मावि र ललितपुरको कार्यविनायक स्थित अपाङ्ग सेवा संघलाई सहयोग गरेको हो ।

संस्थाका कार्यक्रम संयोजक रोशन पुनका अनुसार ,राष्ट्रिय आविस्कार केन्द्रलाई दुई लाख ८४ हजार , सिद्धार्थ मावि घेराबारको लागि ९ लाख ९४ हजार र अपाङ्ग सेवा संघको लागि २० हजार युरो नेपाली अठ्ठाइस लाख रुपैयाँको चार वटा ब्राइल प्रिन्टर ,सफ्टवेयर लगायत सामाग्री खरिद गरेर नेपाल पठाउन लागिएको छ । नयाँ बर्षको अवसरमा नेपालबाट खरिद गरेर लगिएको हस्तकलाका सामाग्री वेचेर र संस्थाकी अध्यक्ष आन क्लेर पुन लगायत पदाधिकारी ,कर्मचारी र स्वंयमसेवकबाट संकलन भएको ४१ लाख ६४ हजार १५० रुपैयाँँ सहयोग गरिएको कार्यक्रम संयोजक पुनले जानकारी दिनुभयो ।

संस्थाले सिद्धार्थ माविमा दुई जना शिक्षकका लागि मासिक ३५ हजार रुपैयाँ बिढी सहयोग गर्दै आइरहेको छ । यसैगरी केही समय अघि मात्र सिद्धार्थ माविलाई कम्प्युटर समेत सहयोग गरेको थियो । सन् २००६ मा स्थापना भएको संस्थाले म्याग्दीको सिद्धार्थ मावि, चिमखोलामा सहित नेपालका ९ वटा शैक्षिक तथा अनाथलाय क्षेत्रमा सहयोग गर्दै आइरहेको कार्यक्रम संयोजक पुनले जानकारी दिनुभयो ।

उहाँले नेपालबाट खरिद गरेर ल्याइएको हस्तकलाका सामाग्री र कवाडी बेचेर आएको आम्दानी र संस्थामा आवद्ध पदाधिकारी ,कर्मचारी र स्वयंसेवक लगायतबाट आर्थिक संकलन गरी नेपालमा ग्रामिण भेगका शैक्षिक तथा सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको बताउनुभयो ।

‘अंग्रेजी नयाँ अवसरमा नेपालबाट खरिद गरेर ल्याइएको हस्तकलाका सामाग्री यहाँ बेचेर आएको आम्दानी तथा संस्थाकी अध्यक्ष ,म लगायत अन्य पदाधिकारी ,कर्मचारी र स्वयंसेवकबाट संकलन भएको ४१ लाख ६४ हजार रुपैयाँ बढी नेपालमा विद्यालयको भौतिक संरचना निर्माण ,अपाङ्गताका लागि सामाग्री तथा कोरोना संग लड्न विभिन्न काम गर्दै आइरहेको राष्ट्रिय आविस्कार केन्द्र गरी तीन क्षेत्रमा सहयोग गरिएको छ ,’ –कार्यक्रम संयोजक पुनले भन्नुभयो । अन्य पहिलेका सहयोग कार्यक्रमलाई पनि निरन्तरता दिइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार