काेराेना अपडेट मुख्य समाचार म्याग्दी न्युज विशेष राष्ट्रिय समाचार समाज

नेपालमा ३४८ जना कोरोना संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा शनिबार थप ३ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै हालसम्म नेपालमा २ लाख ६७ हजार ९ सय ९२ संक्रमितको संख्या पुगेको छ ।

त्यसैगरी २४ घण्टामा ४ सय ४१ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६२ हजार २ सय ५९ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या भने ३ हजार ७ सय ६४ छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट २० लाख २१ हजार ७ सय १४ परीक्षणहरु गरिएका छन् ।हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ सय ९० रहेको छ । कोरोना संक्रमणबाट २४ घण्टामा ४ को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ६९ जना रहेको छ ।

सम्बन्धित समाचार

thumbnail

७८ जना कोरोना संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ७८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ७८ जनामा संक्रमण पुष्टि भएको हो ।…

thumbnail

७३ जना कोरोना संक्रमित थपिए , ३ को मृत्यु

काठमाडौँ ।पछिल्लो २४ घण्टामा नेपालमा ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७४ हजार २१६ पुगेको छ । नेपालमा ९ सय…

thumbnail

प्रधानसेनापति थापाले लगाए कोरोना विरुद्धको खोप

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले कोरोनाविरुद्धको खोप लगाएका छन्  । प्रधानसेनपति थापाले सोमबार छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा पुगेर कोरोनाविरूद्धको पहिलो डोज खोप लगाएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।…