अपराध आर्थिक मुख्य समाचार राष्ट्रिय समाचार समाज

नोबेल मेडिकलद्वारा साढे ५ लाख बढी असुली

विराटनगर । विराटनगरको नोबेल मेडिकल कलेजले विद्यार्थीसँग चिकित्सा शिक्षा आयोगले तोकेभन्दा साढे पाँच लाख रुपैयाँ बढी शुल्क लिएको पाइएको छ ।आयोगले पाँच वर्षीय एमबीबीएस कोर्स पूरा गर्दा प्रतिविद्यार्थी ४२ लाख ४५ हजार रुपैयाँ शुल्क तोकेको छ । तर नोबेलले १२ औं ब्याचका प्रतिविद्यार्थीसँग ५ लाख ४५ हजार थप शुल्क जोडेर ४७ लाख ९० हजार रुपैयाँ असुलेको पाइएको हो ।

नोबेललाई हरेक वर्ष एमबीबीएसका सय जना विद्यार्थी भर्ना गर्न पाउने कोटा छ । त्यसमध्ये १० प्रतिशतलाई सरकारी छात्रवृत्तिमा पढाउनुपर्छ । बाँकी ९० जना नेपाली र भारतीय विद्यार्थी भर्ना हुँदै आएका छन् । कलेज स्रोतका अनुसार विदेशी विद्यार्थीसँग कलेजले प्रतिविद्यार्थी भारु ५५ लाख रुपैयाँ शुल्क लिँदै आएको छ । कलेजमा आर्थिक वर्ष २०७४/७५ मा ३७ र २०७५/७६ मा ४१ जना नेपाली विद्यार्थी भर्ना भएका थिए । उनीहरू सबैसँग कलेजले जनही ४७ लाख ९० हजार रुपैयाँ शुल्क लिएको छ । त्यसबाहेक सबै विद्यार्थी भारतीय हुन् ।

यसबाहेक पनि कलेजले पाँच वर्षमा विभिन्न शीर्षकमा प्रतिविद्यार्थी १३ लाखसम्म अतिरिक्त शुल्क लिँदै आएको विद्यार्थीको गुनासो छ । विद्यार्थीका अनुसार कलेजले होस्टलबापत ५ लाख, आन्तरिक शुल्क एक पटकको एक लाख, इन्टर्नसिप वार्षिक २ लाख ४० हजार र कुल शुल्कको १० प्रतिशत शिक्षा कर शुल्क लिँदै आएको छ । कलेजले अनिवार्य रूपमा होस्टल बस्नुपर्ने बाध्यकारी नियम बनाएको विद्यार्थीको भनाइ छ । अधिकांश विद्यार्थीले होस्टलमा नबसे पनि मासिक होस्टल शुल्कबापत १० हजार रुपैयाँ बुझाउँदै आएका छन् ।

आयोगले तोकेभन्दा बढी लिएको रकम फिर्ता गर्न गत मंसिर १९ मा कलेजलाई निर्देशन दिएको थियो । तर कलेजले अहिलेसम्म फिर्ता गरेको छैन । उल्टै तोकेको शुल्क तिर्न ढिलाइ गर्ने विद्यार्थीलाई कलेज प्रशासनले दैनिक दुई हजार रुपैयाँ जरिवाना गर्ने चेतावनी दिएको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले आयोगको पत्रअनुसार तोकेको शुल्क मात्र लिन कलेजलाई पत्राचार गरिएको बताए । आयोगले तोकेभन्दा बढी शुल्क लिएको पाइए कलेजलाई कारबाही गरिने उनको भनाइ छ । यस विषयमा अस्पतालका निर्देशक नारायण दाहालले कुनै प्रतिक्रिया जनाएनन् । उनले भने, ‘यसबारे सबै कुरा सञ्चालकलाई सोधौं, म अनभिज्ञ छु ।’ ekantipurबाट साभार

सम्बन्धित समाचार

thumbnail

युवतीलाई अपहरण गरेर बलात्कार प्रयास गर्ने फरार आरोपी पक्राउ

काठमाडौं । युवतीलाई अपहरण गरेर बलात्कार प्रयास गरेको आरोपमा फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बाग्लुङ गलकोट नगरपालिका–३ घर भएका ३४ बर्षिय दीपक गौतमलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर…

thumbnail

विद्यालयमै बालिकामाथि यौन दुर्व्यवहार, आरोपित शिक्षक पक्राउ

कञ्चनपुर । १४ वर्षीया बालिकालाई यौनदुर्व्यवहार गरेको आरोपमा कञ्चनपुरमा प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ । १४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा बेलौरी नगरपालिका–६ विद्यानगर घर भएका सोही ठाउँस्थित महाकाली माध्यामिक…

thumbnail

लागुऔषध ब्राउनसुगरसहित एक युवक पक्राउ

सुर्खेत । भेरीगङ्गा नगरपालिका–५ सुर्खेत कालिदमारबाट छ ग्राम ५ सय ९० मिलीग्राम लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरिएको छ । कर्णाली प्रदेश प्रहरी तथा लागुऔषध ब्यूरो र इलाका प्रहरी कार्यालय छिन्चु…