परराष्ट्रमन्त्री ज्ञवाली भोलि भारत जाँदै

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली माघ १ गते भारत भ्रमणमा जाने भएका छन् । उनी नेपाल–भारत संयुक्त आयोगको छैटौं बैठकमा भाग लिन भारत जान लागेका हुन् ।

परराष्ट्र मन्त्रालयले मन्त्रीको भारत भ्रमणतालिका मंगलबार सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो । भ्रमणका क्रममा दुईपक्षीय व्यापार, पारवहन, ऊर्जा, सीमा विवाद, कोभिड–१९ विरुद्ध सहकार्य, पूर्वाधार, कनेक्टिभिटी, लगानी, कृषि, पर्यटन र संस्कृतिलगायत विषयमा छलफल हुने कार्यतालिकामा उल्लेख छ ।

भ्रमणका क्रममा मन्त्री ज्ञवालीले उच्चस्तरीय भेटघाट पनि गर्नेछन् । मन्त्री ज्ञवाली नेतृत्वको भ्रमण टोलीमा भारतका लागि नेपालका राजदूत, परराष्ट्र सचिव, स्वास्थ्य सचिव र अन्य उच्चस्तरीय सरकारी अधिकारी रहने जनाइएको छ । मन्त्री ज्ञवाली माघ ३ गते नेपाल फर्किने कार्यक्रम छ । nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार