आर्थिक मुख्य समाचार राष्ट्रिय समाचार समाज

पाटन अस्पताललाई ललितपुर महानगरको एक करोड सहयोग

ललितपुर । ललितपुर महानगरले पाटन अस्पताललाई अक्सिजन प्लान्ट स्थापना गर्न एक करोड आर्थिक सहयोग गरेको छ । मंगलबार एक कार्यक्रमका बीच पाटन अस्पताललाई ललितपुर महानगर पालिकाका मेयर चिरिबाबु महर्जनले चेक हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा मेयर महर्जनले अस्पतालले महानगरबासीलाई पुरयाएको सहयोगको लागि महानगरले थोरै भएपनि सहयोग गर्न पाएकोमा सन्तोष मिलेको बताए । सहयोगको शिलशिला बल्ल सुरु भएको भन्द मेयर महर्जनले आगामी दिनमा निरन्तर सहयोग उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरे ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगत रहेको पाटन अस्पताल पुरानो र विश्वसनीय अस्पतालको रुपमा चिनिन्छ । यस अस्पताल अन्तरगत रहेको स्याटलाइट अस्पतालहरुले देशैभरी सेवा दिइरहेका छन् । रातोपाटीबाट साभार

सम्बन्धित समाचार

thumbnail

२ रुपैयाँ ५२ पैसा खर्च गरेर २ रुपैयाँको सिक्का छाप्दै सरकार

काठमाडौं । सरकारले २ रुपैयाँ अंकित १० करोड थान सिक्का छाप्ने भएको छ । नेपाल राष्ट्र बैंकले २ रुपैयाँ अंकित १० करोड थान सिक्का छाप्नका लागिका बिहीबार बेलायतको द रोयल मिन्ट कम्पनीको…

thumbnail

सहकारी ठगी मुद्दामा मजदुर नेता पक्राउ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका ट्रेड युनियन महासंघका सल्लाहकार पिताम्बर गौतमलाई प्रहरीले पक्राउ गरेको छ ।सहकारी ठगी मुद्दामा उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी)…

thumbnail

आजबाट ज्योति लाईफको आइपिओ खुल्यो

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको आइपिओ बिक्रि आजबाट (शुक्रबार) खुला भएको छ । कम्पनीले सर्वसाधरणको लागि आईपीओ निष्काशनमा ल्याएको हो । कुल जारी पूँजीको ३० प्रतिशत अर्थात ६६ करोड रुपैयाँ बराबरको ६६…