राजनिति राष्ट्रिय स्थानीय

प्रतिनिधि सभा विघटनको विरोधमा म्याग्दीका सबै वडामा कांग्रेसको बिरोध

बेनी ।नेपाली कांग्रेस म्याग्दीले प्रतिनिधि सभा विघटनको विरोधमा जिल्लाका ४५ वडामा बिरोध प्रदर्शन गरेको जनाएको छ। प्रधानमन्त्री केपी ओलीको प्रतिगमन कदम विरुद्ध केन्द्रको निर्णय अनुरुप जिल्लाका सबै वडामा प्रर्दशन सहितका कार्यक्रम गरेको प्रबक्ता अजयमिलन श्रेष्ठले बताए । विरोधसभामा पार्टी सभापति खम्बीर गर्बुजा रघुगंगा गाउँपािलका–२ भगवती, निर्वतमान सभापति एवम् संविधानसभा सदस्य रेशमबहादुर बानियाँ बेनीबजार, पार्टीका अन्य पदाधिकारी सहित जिल्ला कार्यसमितिका सदस्यले आफ्नो वडामा विरोध कार्यक्रममा सहभागि भएको प्रबक्ता श्रेष्ठले बताए । जिल्लाको ५ वटै स्थानीय तहमा एकसाथ आयोजित प्रदर्शन सहित कोण सभामा बोल्ने बक्ताले चुनावमा जान कांग्रेस तयार भएपनि प्रतिनिधिसभा पुर्नस्थापना लोकतन्त्र र संविधानको रक्षाका लागि भएको बताएका थिए ।


नेपाली कांग्रेसले वडास्तरसम्म पुगेर विरोधका कार्यक्रमहरु सञ्चालन गरिरहेको बताउँदै प्रतिगमन कदम बिरुद्ध कांग्रेसले कुनै सम्झौता नगर्ने पार्टी सभापति गर्बुजाले बताए । ‘कांग्रेसले सरकारको नेतृत्व गर्दा देशलाई संविधान दियो, आफुँ हारेर चुनावमार्फत कम्यूनिष्टलाई सत्ता हस्तान्तरण गर्यो’ सम्बोधनमा पार्टी सभापति गर्बुजाले भने । विरोधसभासँगै विभिन्न वडामा भ्रातृ संस्था नेपाल तरुण दलले वडा इकाई समितिको पदपूर्ति समिति पुनर्गठन तथा संगठन बिस्तार र संगठन सुदृढीकरणको अभियान समेत सञ्चालन गरेको तरुण दल म्याग्दीका सभापति मुकुन छन्त्यालले बताए। जिल्लाका सबै वडामा तरुण दल विस्तारलाई निरन्तरता दिने छन्त्यालले बताए । कांग्रेसले केन्द्रिय कार्यक्रम अनुसार प्रर्दशन सहितका अभियानहरुलाई स्थानीय तहस्तरमै सञ्चालन गरिरहेको छ ।

सम्बन्धित समाचार

thumbnail

प्रतिनिधिसभा पुनर्स्थापना पछि म्याग्दीमा विजय उत्सव

म्याग्दी । प्रतिनिधिसभा पुनस्र्थापना भएको खुसियालीमा नेकपाको प्रचण्ड–माधव समूहले बेनीमा विजय जुलुस सहित उत्सव बनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने घोषणाको विरुद्धमा चरणबद्ध आन्दोलनमा उत्रिएको नेकपाको सो समूहले…

thumbnail

सर्वोच्च अदालतद्वारा प्रतिनिधिसभा विघटन बदर, १३ दिनभित्र बैठक बोलाउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेको छ । भर्खरै सर्वोच्च अदालतको संवैधानिक इजालासले पुस ५ गते सरकारले गरेको उक्त निर्णयलाई असंवैधानिक ठहर गर्दै बदर गरेको हो ।…

thumbnail

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई अस्पताल भर्ना

नयाँदिल्ली । स्वास्थ्य उपचारका लागि नयाँदिल्ली आउनुभएका पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराई अस्पताल भर्ना हुनुभएको छ । भट्टराईलाई मंगलबार दिल्लीको वसन्तकुञ्जस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा भर्ना गरिएको…