मुख्य समाचार राजनिति राष्ट्रिय समाचार समाज

प्रदेश १ को प्रदेशसभा बैठक अनिश्‍चितकालका लागि स्थगित

विराटनगर । प्रदेश १ को प्रदेशसभाको बुधबार सुरु भएको हिउँदे तथा सातौं अधिवेशन २ मिनेट बसेर अनिश्चितकालका लागि स्थगित भएको छ । सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुख सोमनाथ अधिकारीले बैठक आह्वानका लागि पठाएको पत्र सुनाएलगत्तै प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको हो । दिउँसो २ बजे ११ मिनेटमा सुरु भएको बैठक सभामुख भण्डारीले पत्र सुनाएर स्थगित गरेका हुन् । बैठक १ मिनेट १९ सेकन्ड बसेर सकिएको प्रदेश सचिवालयले जनाएको छ । बैठकमा सबै पार्टीका सांसद्हरुको उपस्थित भए पनि प्रदेशसभामा कुनै कारबाही अगाडि बढ्न पाएन ।

बुधबारको बैठकमा मुख्यमन्त्री शेरधन राईको समूहले नेकपा दाहाल–नेपाल समूहलाई प्रवेश गर्न नदिने तयारी गरेको थियो । नेकपा संसदीय दल नेतासमेत रहेका राईले संसदीय दलको गतिविधिमा तीन महिनाका लागि निलम्बन गरेका १६ सांसदलाई प्रदेशसभामा प्रवेश गराइए बैठक चल्न नदिने उक्त समूहले जनाउँदै आएको थियो । दाहाल–नेपाल समूहले मुख्यमन्त्री राईविरुद्ध पुस १२ गते ३७ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएको थियो । हस्ताक्षर गरेका १६ जना प्रदेशसभा सदस्यलाई कुनै पनि संसदीय गतिविधिमा भाग लिन नपाउने गरी राईले निलम्बन गरेका थिए ।

दाहाल–नेपाल समूहले भने मुख्यमन्त्री राईलाई दलको नेताबाट हटाएर भीमप्रसाद आचार्यलाई निर्वाचित गरेको छ । आचार्यले मुख्यमन्त्री राईसहित आठ जना प्रदेशसभा सदस्यलाई कुनै पनि संसदीय गतिविधिमा भाग लिन नपाउने गरी तीन महिना निलम्बन पनि गरेका छन् । प्रदेशसभा दुवै समूहले एक अर्कालाई निषेध गर्ने रणनीतिमा लागेकाले बैठक स्थगित गरिएको बताइएको छ । ekantipurबाट

सम्बन्धित समाचार

thumbnail

मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल बिजेता टिमलाई गृह जिल्ला म्याग्दीमा भव्य सम्मान ( भिडिओ/फोटो फिचर )

म्याग्दी । कास्कीको पोखरा रंगशालामा सम्पन्न मुख्यमन्त्री कप प्रदेश स्तरिय महिला भलिबल प्रतियोगितामा विजेता बनेको म्याग्दी महिला भलिबल टोलीलाई गृहजिल्लामा सम्मान गरिएको छ । जिल्ला भलिबल संघ ,म्याग्दीको आयोजनामा खेलाडीलाई पञ्चेबाजा घन्काउदै…

thumbnail

प्रतिनिधिसभा पुनर्स्थापना पछि म्याग्दीमा विजय उत्सव

म्याग्दी । प्रतिनिधिसभा पुनस्र्थापना भएको खुसियालीमा नेकपाको प्रचण्ड–माधव समूहले बेनीमा विजय जुलुस सहित उत्सव बनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने घोषणाको विरुद्धमा चरणबद्ध आन्दोलनमा उत्रिएको नेकपाको सो समूहले…

thumbnail

नेपालमा ९४ मा कोरोना संक्रमित थपिए

बेनी । नेपालमा थप ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा ९४ जनामा कोरोना पुष्टि भएको हो।योसहित नेपालमा कोरोना संक्रमितको…