मुख्य समाचार म्याग्दी न्युज विशेष राजनिति राष्ट्रिय समाचार समाज

प्रधानमन्त्रीले संविधानको धारा नै उल्लेख नगरी संसद् विघटनको सिफारिस गरेको खुलासा

इजलासलाई थाहै नदिई सर्वोच्चबाट सक्कल निर्णय प्रधानमन्त्री कार्यालयले फिर्ता लग्यो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा नै उल्लेख नगरी प्रतिनिधिसभा विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको खुलेको छ । पुस ५ गते प्रधानमन्त्री ओलीले गरेको सिफारिसमा संविधानको कुनै पनि धारा उल्लेख नभए पनि राष्ट्रपति कार्यालयबाट विघटन भएको सूचना जारी गर्दा संविधानको धारा ७६ (१) र (७), धारा ८५ तथा संसदीय व्यवस्थाका राष्ट्रिय र अन्तर्राष्ट्रिय अभ्यासअनुसार भनी थपिएको पाइएको हो ।

वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले शुक्रबारको संवैधानिक इजलासमा प्रधानमन्त्रीको सिफारिसमा संविधानको धारा उल्लेख नै नभएको विषय उठाएका हुन् । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को पुस ५ गतेको निर्णय इजलासलाई देखाउँदै आपत्ति जनाएका थिए ।प्रधानमन्त्रीको सिफारिसमा संविधानका कुनै पनि धारा उल्लेख नभएको अवस्थामा राष्ट्रपतिलाई संविधानका धारा उल्लेख गर्ने अधिकार छ कि छैन भनेर पनि श्रेष्ठले प्रश्न गरेका थिए । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कागजात सिल गर्न पनि सर्वोच्च अदालतको संवैधानिक इजलासलाई आग्रह गरेका थिए ।

पुस १० गतेको संवैधानिक इजलासको आदेश अनुसार राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीको कार्यालयले प्रतिनिधिसभा विघटनको सक्कल निर्णय सर्वोच्च अदालतमा पुस १९ गते बुझाएका थिए । तर, उक्त सक्कल निर्णय आदेश विपरीत पुस २८ गते फिर्ता गर्ने भनी पुस २३ गते लगेपनि शुक्रबारसम्म फिर्ता नभएको श्रेष्ठले इजलाससामू जानकारी गराए ।जवाफमा प्रधानन्यायाधीश जबराले ुनिर्णय फिर्ता लान मिल्दैन, यो कसरी गयो रुु भनेर इजलासका कर्मचारीलाई प्रश्न गरेका थिए । प्रधानन्यायाधीशको प्रश्नको इजलासका कर्मचारीहरूले जवाफ दिन सकेनन् ।ekantipur

सम्बन्धित समाचार

thumbnail

मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल बिजेता टिमलाई गृह जिल्ला म्याग्दीमा भव्य सम्मान ( भिडिओ/फोटो फिचर )

म्याग्दी । कास्कीको पोखरा रंगशालामा सम्पन्न मुख्यमन्त्री कप प्रदेश स्तरिय महिला भलिबल प्रतियोगितामा विजेता बनेको म्याग्दी महिला भलिबल टोलीलाई गृहजिल्लामा सम्मान गरिएको छ । जिल्ला भलिबल संघ ,म्याग्दीको आयोजनामा खेलाडीलाई पञ्चेबाजा घन्काउदै…

thumbnail

प्रतिनिधिसभा पुनर्स्थापना पछि म्याग्दीमा विजय उत्सव

म्याग्दी । प्रतिनिधिसभा पुनस्र्थापना भएको खुसियालीमा नेकपाको प्रचण्ड–माधव समूहले बेनीमा विजय जुलुस सहित उत्सव बनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने घोषणाको विरुद्धमा चरणबद्ध आन्दोलनमा उत्रिएको नेकपाको सो समूहले…

thumbnail

नेपालमा ९४ मा कोरोना संक्रमित थपिए

बेनी । नेपालमा थप ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा ९४ जनामा कोरोना पुष्टि भएको हो।योसहित नेपालमा कोरोना संक्रमितको…