कला मनोरञ्जन मुख्य समाचार राष्ट्रिय समाज

फेब्रुअरी १२–१४ मा बायोटेक्नोलाजीसम्बन्धी भर्चुअल सम्मेलन हुने

काठमाडौं । बायोटेक्नोलोजी सोसाइटी अफ नेपाल (बीएसएन)ले तीनदिने अन्तर्राष्ट्रिय भर्चुअल सम्मेलन गर्ने भएको छ । आगामी फेब्रुअरी १२–१४ मा हुने सो सम्मेलनको शीर्षक ‘बायोटेक्नोलोजिकल रिभोलुसन इन इन्भायरोन्मेन्टल, एग्रिकल्चर टेक्नोलोजिज एण्ड हेल्थ केयर’ रहेको छ ।

संस्थाका आजीवन सदस्यहरुले निःशुल्क तथा साधारण सदस्यहरुले ५० प्रतिशत छुट रकममा सहभागी हुन सक्ने सो सम्मेलनका मुख्य वक्ता प्रोफेसर डा। निकोलाई पेत्रोभ्स्की रहेका छन् । फ्लिन्डर्स युनिभर्सिटीमा प्राध्यापन गर्नुहुने पेत्रोभ्स्की भ्याक्सिन पीरएलका अध्यक्ष तथा कोरोनभाइरसविरुद्धको खोप बनाउनेमध्येका एक हुनुहुन्छ ।

सो सम्मेलनमा वेस्ट एनजेबी आर्टिकल अवार्ड योङ साइन्टिस्ट अवार्ड (४० वर्षमुनि), डिस्टिङ्गुइस साइन्टिस्ट अवार्ड (४० वर्षमाथि), डिस्टिङ्गुइस प्रोफेसर अवार्ड (५० वर्षमाथि), एक्सिलेन्ट इन्स्टिच्युसन अवार्ड प्रदान गयिरने कार्यक्रम रहेको छ । रातोपाटीबाट साभार

सम्बन्धित समाचार

thumbnail

छायाकार जनकराज अधिकारी मृत फेला

काठमाडौँ । छायाकार जनकराज अधिकारी गोगंबुको आफ्नै कार्यालयमा मृत अवस्थामा फेला परेका छन् । ३५ वर्षीय छायाकार अधिकारीको शव आइतबार झुण्डिएको अवस्थामा फेला परेको नेपाल प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले बताए ।…

thumbnail

केटु हिमाल आरोहीलाई पोखरामा भव्य स्वागत

पोखरा । विश्वकै दोस्रो अग्लो शिखर माउन्ट केटु (८६११ मिटर) आरोहण गरेर हिमाल आरोहणको क्षेत्रमा इतिहास रचेका नेपाली आरोहीलाई सोमबार पोखरामा भव्य स्वागत गरिएको छ । आरोहीले गण्डकी प्रदेशको पहिचान बढाएको भन्दै…

thumbnail

रंगशाला निर्माणका लागि ‘स्टार क्रिकेट २०२१’ हुने

काठमाडौं । कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ को पहलमा चितवनको भरतपुरमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि रकम संकलन गर्ने उदेश्यले ‘स्टार क्रिकेट २०२१’ आयोजना हुने…