मुख्य समाचार राष्ट्रिय समाचार समाज सुरक्षा

बुटवलको तिनाउमा सरसफाइ अभियान सुरु

काठमाडौं । पाल्पाबाट बुटवल हुँदै बग्ने तिनाउ नदीको पवित्रता बचाउन र प्रदुषित हुन नदिनका लागि आजदेखि तिनाउ सरसफाइ अभियान सुरु गरिएको छ । पछिल्लो समय तिनाउ नदी मानवीय अतिक्रमण र सहरको फोहोरका कारण प्रदुषित बन्न थालेपछि अभियान थालिएको हो ।

तिनाउ नदी क्षेत्र ऐतिहासिक र धार्मिक रुपमा पवित्र रहेकाले यसलाई प्रदुषित हुन नदिन र जलचरको संरक्षणका लागि नागरिक स्तरबाट सरसफाइ अभियान थालिएको अभियान्ताहरुको भनाइ रहेको छ । मानव अधिकार तथा शान्ति समाज नेपालका केन्द्रीय वरिष्ठ उपसभापति गोविन्द खनालले तिनाउ नदीमा सफाइ गरेर अभियानको थालनी गर्दे तिनाउ नदीले रुपन्देहीबासीका लागि ठुलो लाभ दिन सक्ने भएकाले अभियानमा लागिएको बताए ।

सो क्रममा नेपाल प्राध्यापक संघका केन्द्रीय अध्यक्ष गोपाल पाण्डे, नागरिक समाज रुपन्देहीका अध्यक्ष रमेश बहादुर के सी तथा अभियानका संयोजक रिता केसीले तिनाउ नदीलाई नियमित सफा गरी सवैले यसको अस्तित्व जोउदै लाभ लिनुपर्ने बताए ।

सहसंयोजक तथा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका सभापति डिपि खनालले नदी सरसफाइ अभियानमा मानवअधिकार तथा शान्ति समाज रुपन्देही शाखा, वुमन केयर नेपाल, किवानिज क्लब बुटवल, घरघरमा हामी, इनरविल मिटटाउन क्लब बुटवल, नागरिक समाज रुपन्देही, लायन्स क्लब अफ बुटवल क्यापिटल लगायतका संस्थाहरुले सहकार्य गरेको बताए । रातोपाटीबाट साभार

सम्बन्धित समाचार

thumbnail

रुम र डाँडागाउँको पात्लेबाट लागु औषध गाँजा सहित पक्राउ परेका दुई जना सार्वजनिक (तस्बिर /भिडिओ सहित)

बेनी । म्याग्दीकोे मालिका गाउँपालिका ३ बाट प्रहरीले लागु औषध गाँजा सहित एक व्यक्तीलाई पक्राउ गरेको छ । १७ गते ईलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरिक्षक सन्तोष पौडेलको नेतृत्वमा खटिएको प्रहरीको टोलीले…

thumbnail

७८ जना कोरोना संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ७८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ७८ जनामा संक्रमण पुष्टि भएको हो ।…

thumbnail

भन्सार छलेर ल्याएको १६७ थान मोबाइलसहित एक पक्राउ

काठमाडौं । भन्सार छली ल्याएका १६७ थान मोबाइलसहित प्रहरीले काठमाडौंको गौराीघाटबाट एकजनालाई पक्राउ गरेको छ । भन्सार छलेर ल्याएका १२ लाख रुपैयाँ बराबरको मोबाइलसहित रामेछापको लिखु गाउँपालिका(६ घर भएका २६ वर्षीय मिलन…