घटना मुख्य समाचार राष्ट्रिय समाचार समाज सुरक्षा

बेलायत बस्दै आएका गायक बद्री केसी मृतावस्था भेटिए

लण्डन । करिब डेढ दशकदेखि बेलायतको लण्डनमा बस्दै आएका गायक बद्री केसी मृत भेटिएका छन् ।

शुक्रबार उपराह्न ४ बजे आफ्नो फेसबुकमा आफ्ना साथी, परिवार र संसारलाई गुडबाई लेखेका केसी आफ्नो कार्यस्थलको हातामा रहेको रुखमा झुण्डिको अवस्था भेटिएको समाजसेवी एवं पाल्पा समाज युकेका अध्यक्ष बाचस्पति रेग्मीले जानकारी दिए ।

पोखरा स्थायी घर भएका ३२ वर्षीय केसी अध्ययनका क्रममा बेलायत आएका थिए । केही वर्षअघि नेपाल नै बस्ने गरी फर्किएका केसी पुनः बेलायत फर्किएका थिए । लण्डनको मिलहिल स्कूलको क्याटरिङमा काम गर्दै आएका केसी लण्डनको चिरपरिचित गायक हुन् ।

उनि पाँच वर्ष अल्टरसटको नीरमाया दोहोरी साँझमा दोहोरी गायकका रूपमा काम गर्दथ्ये । पछि लण्डन सरेर स्कूलमा काम गर्दै आएका थिए । आत्महत्याको कारण अझै खुल्न सकेको छैन भने घटनाबारे लण्डन प्रहरीले अनुसन्धान थालेको छ । रासस

सम्बन्धित समाचार

thumbnail

रुखबाट खसेर घाइते भएकी महिलाको हेलिकप्टरबाट उद्धार

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा घाँस काट्ने क्रममा आइतबार एक महिला रुखबाट लडेर घाइते हुनुभएको छ । मुनाकी ४० वर्षीया मनमाया शेरपुजा रुखबाट खसेर घाइते हुनुभएको हो । शेरपुजालाई प्रभु एयरको…

thumbnail

काठमाडौंको एक गेष्ट हाउसका कर्मचारी मृत फेला

काठमाडौं । काठमाडौंको एक गेष्ट हाउसका कर्मचारी मृत फेला परेका छन्।सोमबार बिहान टोखा नगरपालिका-९ दिपज्योतीस्थित सफर गेष्ट हाउसका कर्मचारी मृत फेला परेका हुन्। मृतक सिन्धुपाल्चोक घर भई गेष्ट हाउसको काउन्टरमा कार्यरत आन्दाजी…

thumbnail

दैलेखमा भाउजु कुटेर भाग्ने क्रममा लडेर देवरको मृत्यु

दैलेख । दैलेखमा आफ्नै भाउजुलाई कुटपिट गरेर भागेका देवरको भाग्ने क्रममा घर नजिकै लडेर मृत्यु भएको छ। ठाँटीकाध गाउँपालिका–३ विसल्लाका कपेन्द्र शाहीले ४० वर्षिया भाउजु पदमाकुमारी शाहीलाई फलामको रडले गर्दन र दायाँ…

Write a Reply or Comment