मुख्य समाचार राजनिति राष्ट्रिय समाचार समाज

मुख्यमन्त्रीको कार्यालय अगाडि विद्यार्थीहरुको विरोध प्रदर्शन

बुटवल । प्रतिनिधिसभा विघटन गरिएको विरोधमा बुटवलमा विरोध प्रदर्शन गरिएको छ । अनेरास्ववियु रुपन्देहीको आयोजनामा बुधबार लुम्बिनी प्रदेशको कार्यालय अगाडी विरोध प्रदर्शन गरिएको हो ।

प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले असंवैधानिक कदम राखेज गनुपर्ने, सगरमाथाको बिषयमा भ्रमात्मक प्रचार गर्ने भारतीय मडिया जि न्युज नेपालमा बन्द गर्नुपर्ने, सरकारले महङ्गी नियन्त्रण गर्नुपर्ने माग गरेका छन् ।

अनेरास्ववियुका केन्द्रीय सदस्य अनुप पोखरेलले प्रदर्शनपश्चात् आयोजित कोणसभामा बोल्दै प्रधानमन्त्रीले जनमतको अपमान गरी संविधान विघटन गरेको आरोप लगाए । उनले प्रधानमन्त्री केपी शर्मा ओली भारतीय ईशारामा चलेको विभिन्न घटनाक्रमहरुले पुष्टी गरेको दाबी गरे ।

नेपाली जनताले तिरेको करवाट बालुवाटारमा भोज खाएका भारतीय जि न्युजका पत्रकार सुधीर चौधरीले सगरमाथा बेस क्याम्पमा पुगेर फेरि एकपट नेपाल र नेपालीको स्वाधिनतामाथि आक्रमण गरेको आरोप प्रदर्शनकारीले लगाएका थिए । रातोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

पाटन अस्पताललाई ललितपुर महानगरको एक करोड सहयोग

ललितपुर । ललितपुर महानगरले पाटन अस्पताललाई अक्सिजन प्लान्ट स्थापना गर्न एक करोड आर्थिक सहयोग गरेको छ । मंगलबार एक कार्यक्रमका बीच पाटन अस्पताललाई ललितपुर महानगर पालिकाका मेयर चिरिबाबु महर्जनले चेक हस्तान्तरण गरेका…

thumbnail

धम्काउँदै रकम असुली गर्न खोजेको आरोपमा ३ जना पक्राउ

काठमाडौँ । धम्काउँदै रकम असुली गर्न खोजेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाका अनुसार दोलखा मेलुङ गाउँपालिका घरभई असन बस्ने १९ वर्षीय प्रदिप कार्की, दोलखा शैलुङ गाउँपालिका…

thumbnail

नेपालमा ३४८ जना कोरोना संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा शनिबार थप ३ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै हालसम्म नेपालमा २ लाख ६७ हजार ९ सय ९२…

Write a Reply or Comment