घटना मुख्य समाचार राष्ट्रिय समाचार समाज सुरक्षा

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

सप्तरी । सप्तरीको खडक नगरपालिकास्थित हुलाकी सडकमा गए राति मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा खडक नगरपालिका–११ निवासी २१ वर्षीय मोटरसाइकल चालक सिवेन्द्र साह र पछाडि सवार २५ वर्षीय अरविन्द यादव रहेको प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए । त्यस्तै मोटरसाइकलकै पछाडि सवार २५ वर्षीय सुनिल चौधरी घाइते भएका छन् ।

घाइते चौधरीलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मोटरसाइकल चालक साहसहित तीन जना सवार प्रदेश नं २–०१–००१ प ६१४६ नम्बरको मोटरसाइकल पश्चिमबाट पूर्वतर्फ जाँदै गर्दा हुलाकी सडकखण्डको हुलाकी सडक परियोजना क्याम्प नजिक आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो । रासस

सम्बन्धित समाचार

thumbnail

ललितपुरमा एक पुरुषको शव फेला

काठमाडौं । ललितपुरको ललितपुर महानगरपालिका–५ स्थित तिखेदेवलमा पुरुषको शव भेटिएको छ । ब्याडमिन्टन कोर्ट अगाडी काभ्रेको रोशी गाउँपालिका घर भएका ४५ वर्षीय चन्द्र लामाको शव भेटिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ…

thumbnail

माटोको ढिस्कोले पुरिएर आमा छोराको मृत्यु

बागलुङ । निसीखोलामा माटोको ढिस्कोले पुरिएर आमा छोराको मृत्यु भएको छ । शुक्रबार दिउसो निसीखोला गाउँपालिका वडा नम्बर २ काल्नेचौरमा घर पोत्ने माटो खन्ने क्रममा पुरिएर मृत्यु भएको स्थानीय शिक्षक मानबहादुर केसीले…

thumbnail

सवारी ज्यान मुद्दामा फरार वडाध्यक्ष यादव पक्राउ

काठमाडौं । सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष जयनारायण यादव पक्राउ परेका छन्। सवारी ज्यान मुद्दामा फरार रहेका उनलाई प्रहरीले बिहीबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक…