अन्तराष्ट्रिय
अन्नपूर्ण गाउँपालिका
मुख्य समाचार
म्याग्दी न्युज विशेष
राष्ट्रिय
समाचार
म्याग्दीका निर्मल पुर्जा सहित १० नेपाली पुगे केटू हिमालको चुचुरोमा
शनिवार, माघ ३ गते
| म्याग्दी न्युज संवाददाता
काठमाडौँ । विश्वकै दोस्रो अग्लो चुचुरो केटू हिमालमा निर्मल पूर्जासहित १० नेपाली आरोहीहरुको टोलीले शनिबार सफलता हात पारेको छ ।चीन र पाकिस्तानको सीमामा पर्ने सबैभन्दा कठिन मानिने विश्वकै दोस्रो अग्लो हिमाल केटू (८,६११ मिटर) मा मानव पाइला पुगेको ६७ वर्षयता हिउँदयाममा सयौं आरोहण दलले प्रयास गर्दा पनि कोही सफल भएको थिएन । तर यसपटक पुर्जासहित १० नेपाली आरोहीले हिउँदयाममा अत्याधिक कठिन मानिने सगरमाथापछिको दोस्रो अग्लो चुचुरोमा पुगेर रेकर्ड बनाएका छन् ।
तस्बिर : आरोही निर्मल पुर्जाको इन्स्ट्राग्राम र फेसबुक पेजबाट
काठमाडौंस्थित सेभेन समिट ट्रेक्स प्रालिका अनुसार, शनिबार नेपाली समय अनुसार सवा ४ बजे नेपाली आरोहीहरुको टोली चुचुरोमा पुगेको हो । सफल आरोहण गर्नेमा पुर्जासहित मिङ्मा डेबिट शेर्पा, मिङ्मा तेन्जी शेर्पा, ग्याल्जेन शेर्पा, पेम चिरी शेर्पा, दावा तेम्बा शेर्पा, दावा तेन्जी शेर्पा, किलु पेम्बा शेर्पा र सोना शेर्पा छन् । केटू हिमाल आरोहणको नेतृत्व गरिरहेका आरोही निर्मल पूर्जाले भनेका छन्, ‘असम्भवलाई सम्भव बनाइयो,’ प्रख्यात आरोही पुर्जाले आफ्नो इन्स्टाग्राममा लेखेका छन्, ‘मानव जातिका लागि इतिहास बनाइयो । नेपालका लागि इतिहास बन्यो ।’यो टोलीले पाकिस्तानी समयअनुसार शनिबार ४ बजेर ५८ मिनेटमा निर्मल केटू हिमाल आरोहण गरेको कम्पनीका प्रबन्धक थानेश्वर गुरागाईंले भने ।
यो हिमाल आरोहणका लागि म्याग्दीका पुर्जासहित १० नेपाली करिब महिनाअघि काठमाडौंबाट पाकिस्तान पुगेका थिए ।पुर्जाका अनुसार, नेपाली टोलीले चुचुरोमा १० मिनेट समय बिताएको थियो । उनले यसलाई विशेष पल भन्दै त्यहाँ नेपालको राष्ट्रिय गीत गाएको इन्स्टामा लेखेका छन् । उनले सामूहिकता तथा सकारात्मक सोचका कारण यो सफलता हात लागेको लेखेका छन् ।गत आइतबार तीव्रगतिको हावाले ६६ सय मिटरमा राखिएको दोस्रो शिविर उडाइदिएपछि र्कितिमानी आरोही पूर्जासहित नेपाली आरोहण दल ४६ सय मिटरमा रहेको केटू हिमालको आधार शिविरमा फर्किएका थिए ।
यो दोस्रो प्रयासमा उनीहरु आरोहण गर्न सफल भएका हुन् । यसअघि वसन्तकालीन याममा यो हिमाल आरोहण गरिसकेका पुर्जाले मंगलबार मौसममा सुधार आएमा अलि ठूलो भारीका साथ ७ हजार ९ सय ५० मिटर उचाईमा रहेको चौथो शिविरसम्म बाटो बनाउँदै जाने योजना रहेको उल्लेख गरेका थिए । बिहीबारदेखि प्रयास गरिरहेका उनीहरु शनिबार मात्रै चुचुरोमा पुग्न सफल भएका हुन् ।म्याग्दीको अन्नपूर्ण गाउँपालिकास्थित दानामा जन्मेका ३७ वर्षीय पुर्जाले गत वर्ष ७ महिनाको अवधिमा सगरमाथासहित विश्वका १४ वटा अग्ला चुचुरो आरोहण गरेर विश्व र्कितिमानी कायम गरेका थिए ।
उनले अघिल्लो वैशाखमा अन्नपूर्ण गाउँपालिकमै पर्ने नारच्याङमा पर्ने अन्नपूर्ण हिमाल आरोहण गर्दै आफ्नो प्रोजेक्ट पोसिबल अभियान थालेका थिए । ०७६ कात्तिकमा उनले तिब्बतको सिसापाङमा हिमाल आरोहण गर्दै ७ महिनामा ८ हजार अग्ला विश्वका १४ वटा अग्ला चुचुरो आरोहण गरेका थिए । उनी यसअघि बेलायती सरकारको स्पेसल फोर्समा कार्यरत थिए । मासिक १४ लाख हाराहारी पारिश्रमिक भएको सैनिक जागिर छाडेर उनी गत वर्षदेखि आरोहणमा लागेका छन् ।ekantipurबाट
लन्डन । बेलायतका लागि नवनियुक्त नेपाली राजदूत लोकदर्शन रेग्मीले पदबहाली गरेका छन् । श्रीमतीसहित लन्डन सोमबार आइपुगेका उनले २१ औं राजदूतको रुपमा पदबहाली गरेका हुन् । राजदूत रेग्मीलाई लन्डनस्थित हिथ्रो विमानस्थलमा राजदूतावासका…
काठमाडौं । चीनले नेपाललाई थप ३ लाख डोज कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप उपलब्ध गराउने भएको छ । सोमबार काठमाडौंस्थित चिनियाँ राजदूतावासले एक सूचना जारी गर्दै सो कुराको जानकारी दिएको हो ।…
काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका पूर्वअध्यक्ष जोसेप मारिया बार्तोमेउ भ्रष्टाचारको आरोपमा पक्राउ परेका छन् । उनलाई भ्रष्टाचारको आरोपमा जोसेप सोमबार पक्राउ परेको इ–इस्पेन नेटले उल्लेख गरेको छ । जोसेप बारगेटे घोटालमा मुछिएका…
बेनी । म्याग्दीकोे मालिका गाउँपालिका ३ बाट प्रहरीले लागु औषध गाँजा सहित एक व्यक्तीलाई पक्राउ गरेको छ । १७ गते ईलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरिक्षक सन्तोष पौडेलको नेतृत्वमा खटिएको प्रहरीको टोलीले…
काेराेना अपडेट
मुख्य समाचार
म्याग्दी न्युज विशेष
राष्ट्रिय
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ७८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ७८ जनामा संक्रमण पुष्टि भएको हो ।…
काठमाडौं । भन्सार छली ल्याएका १६७ थान मोबाइलसहित प्रहरीले काठमाडौंको गौराीघाटबाट एकजनालाई पक्राउ गरेको छ । भन्सार छलेर ल्याएका १२ लाख रुपैयाँ बराबरको मोबाइलसहित रामेछापको लिखु गाउँपालिका(६ घर भएका २६ वर्षीय मिलन…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नम्बर ३ दोभान बजारमा भएको आगलागी प्रति दुःख व्यक्त गरेका छन् । उनले यस्ता घटना दुःखद भएपनि पीडितलाई तत्कार राहत र पुनःस्थापनाको…