घटना मुख्य समाचार म्याग्दी न्युज विशेष राष्ट्रिय समाचार समाज

रुखबाट खसेर घाइते भएकी महिलाको हेलिकप्टरबाट उद्धार

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा घाँस काट्ने क्रममा आइतबार एक महिला रुखबाट लडेर घाइते हुनुभएको छ ।

मुनाकी ४० वर्षीया मनमाया शेरपुजा रुखबाट खसेर घाइते हुनुभएको हो । शेरपुजालाई प्रभु एयरको हेलिकप्टरबाट पोखराको मणिपाल शिक्षण अस्पतालमा लगिएको छ । अचेत अवस्थाकी शेरपुजाको अस्पतालमा पु¥याए लगत्तै उपचार सुरु भएको छ ।

शरिरमा बाहिरी चोट भने देखिएको छैन् । परिवारका सदस्यको आग्रहमा हाल काठमाडौमा रहनुभएका गुर्जाका दिपबहादुर छन्त्यालले समन्वय गरेर हेलिकप्टरको ब्यवस्थापन गर्नुभएको थियो । खर्च भने शेरपुजा परिवार आफैले ब्यहोरेका हुन् ।

सम्बन्धित समाचार

thumbnail

सडक दुर्घटनामा दुईको मृत्यु, दुई घाइते

राँझा । बाँकेको कोहलपुरमा आज भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। कोहलपुर नगरपालिका–३ किरणनाला नजिकै पूर्वपश्चिम राजमार्गमा बर्दियातर्फ जाँदै गरेको भे १ख २२३९ नं को…

thumbnail

दोभान बजारमा भीषण आगलागी

काठमाडौँ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाको दोभान बजारमा मंगलबार बिहानदेखि भीषण आगलागी भइरहेको छ । बिहान ९ बजेतिर एक घरबाट सल्किएको आगो बस्तीभरि फैलिएको हो । अहिलेसम्म आधाजति बजार जलिसकेको स्थानीयले बताएका छन्…

thumbnail

आगलागीबाट ४० लाख बराबरको क्षति

तनहुँ । जिल्लाको व्यास नगरपालिका–४ स्थित होटल सःसः इनमा गए राति अन्दाजी २ः०० बजेको समयमा आगलागी हुँदा करिब रु ४० लाख बराबरको क्षति भएको छ । सोही होटल नजिकै रहेको तरकारी लाइन…