आर्थिक मुख्य समाचार म्याग्दी न्युज विशेष राष्ट्रिय समाचार समाज

लिड्स नेपालद्धारा ६० घरधुरी विपन्न परिवारलाई खाद्यान्न सहयोग

म्याग्दी । लिड्स नेपालले म्याग्दीको बेनी नगरपालिकाका गरिब विपन्न ६० घरपरिवारलाई खाद्यान्न सहयोग गरेको छ । नगरपालिकाको वडा नम्बर ४ का २५ घर, ५ वडाका १५ घर, ६ वडाका १५ घर र ९ वडाका ५ घरपरिवारलाई प्रतिपरिवार करिब ३ हजार बराबरको खाद्यान्न सहयोग गरिएको हो ।

उनीहरुलाई चामल, आटा, दाल, चिनी, नुन, खानेतेल लगायतका खाद्यान्न संगै स्वास्थ्य सुरक्षाका लागि स्यानीटाइटर समेत वितरण गरिएको लिड्स नेपालका जिल्ला संयोजक निसा महतले जानकारी दिनुभयो । लिड्सका डाइरेक्टर डाक्टर पदमराज श्रेष्ठ र जिल्ला संयोजक महतको टोलीले सम्बन्धित वडाका जनप्रतिनिधिहरु मार्फत सहयोग सामाग्री वितरण गर्नुभएको जनाईएको छ । लिड्सले म्याग्दीमा गरिब विपन्न परिवारको आवास मर्मतमा सघाउने र आयआर्जन सुधारमा सहयोग गर्न शिपमुलक तालिमहरु समेत सञ्चालन गर्ने जनाएइको छ ।

सम्बन्धित समाचार

thumbnail

२ रुपैयाँ ५२ पैसा खर्च गरेर २ रुपैयाँको सिक्का छाप्दै सरकार

काठमाडौं । सरकारले २ रुपैयाँ अंकित १० करोड थान सिक्का छाप्ने भएको छ । नेपाल राष्ट्र बैंकले २ रुपैयाँ अंकित १० करोड थान सिक्का छाप्नका लागिका बिहीबार बेलायतको द रोयल मिन्ट कम्पनीको…

thumbnail

सहकारी ठगी मुद्दामा मजदुर नेता पक्राउ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका ट्रेड युनियन महासंघका सल्लाहकार पिताम्बर गौतमलाई प्रहरीले पक्राउ गरेको छ ।सहकारी ठगी मुद्दामा उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी)…

thumbnail

आजबाट ज्योति लाईफको आइपिओ खुल्यो

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको आइपिओ बिक्रि आजबाट (शुक्रबार) खुला भएको छ । कम्पनीले सर्वसाधरणको लागि आईपीओ निष्काशनमा ल्याएको हो । कुल जारी पूँजीको ३० प्रतिशत अर्थात ६६ करोड रुपैयाँ बराबरको ६६…