राजनिति राष्ट्रिय समाचार समाज

संसद विघटनविरुद्ध बेलुन उडाएर प्रदर्शन

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूह निकट राष्ट्रिय युवा संघले संसद् विघटन विरुद्ध बेलुन उडाएर प्रदर्शन गरेको छ । केन्द्रीय मुख्यालय पेरिसडाडाँबाट युवा संघले बेलुन उडाएर विरोध जनाएको हो ।

संसद् विघटन गर्ने काम चलाउ प्रधानमन्त्री केपी ओलीलाई प्रतिगामी भएको सन्देशसहित बेलुन उडाइएको नेता राजुविक्रम राईले बताए । संसद् पुनर्स्थापनाको माग सहित युवा संघले चरणबद्ध आन्दोलन गर्दै आएको छ । बुधबार मोटरसाइकल र्‍याली निकालिइएको थियो ।

दोस्रो चरणको आन्दोलन गरिरहेको यो समूहले शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शनको तयारी गरेको छ । त्यसका लागि राजधानी बाहेक नजिकका जिल्लाहरुबाट समेत जनशक्ति ल्याइएको छ । शुक्रबार यो समूहले राजधानीका विभिन्न नौ ठाउँबाट जुलुस निकाल्दैछ । संसद् पुनर्स्थापनाको माग गर्दै यो समूहले नारायणकाजी श्रेष्ठको संयोजकत्वमा संघर्ष समिति बनाएको छ । अनलाइनखबरबाट साभार

सम्बन्धित समाचार

thumbnail

प्रतिनिधिसभा पुनर्स्थापना पछि म्याग्दीमा विजय उत्सव

म्याग्दी । प्रतिनिधिसभा पुनस्र्थापना भएको खुसियालीमा नेकपाको प्रचण्ड–माधव समूहले बेनीमा विजय जुलुस सहित उत्सव बनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने घोषणाको विरुद्धमा चरणबद्ध आन्दोलनमा उत्रिएको नेकपाको सो समूहले…

thumbnail

सर्वोच्च अदालतद्वारा प्रतिनिधिसभा विघटन बदर, १३ दिनभित्र बैठक बोलाउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेको छ । भर्खरै सर्वोच्च अदालतको संवैधानिक इजालासले पुस ५ गते सरकारले गरेको उक्त निर्णयलाई असंवैधानिक ठहर गर्दै बदर गरेको हो ।…

thumbnail

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई अस्पताल भर्ना

नयाँदिल्ली । स्वास्थ्य उपचारका लागि नयाँदिल्ली आउनुभएका पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराई अस्पताल भर्ना हुनुभएको छ । भट्टराईलाई मंगलबार दिल्लीको वसन्तकुञ्जस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा भर्ना गरिएको…