मुख्य समाचार म्याग्दी न्युज विशेष राष्ट्रिय समाचार समाज स्वास्थ्य

संसद विघटन विरुद्धको रिटमा सुनुवाई हुँदै

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि शुक्रबार पनि सुनुवाई हुँदैछ । तर निष्कर्षमा पुग्न सकेका छैनन् । अहिलेसम्मको सुनुवाईको चक्कर संवैधानिक इजलासमा गर्ने कि वृहत पूर्ण इजलासमा गर्ने भनेरै अल्झिएको छ ।

गत बुधबारको सुनुवाई त्यसमै केन्द्रीत रहेर टुंगियो । सम्भवतः शुक्रबार यसले मूर्त रुप लिनेछ । शुक्रबार पनि यो मुद्दाको सुनुवाइ कहाँ गर्ने भन्ने क्षेत्राधिकारकै विषयमा बहस हुने बताइएको छ । रिट निवेदक १३ मध्ये ११ जनाले यो विषय वृहत पूर्ण इजलासमा सुनुवाइ गर्नुपर्ने माग गर्दै पूरक निवेदन दिएका छन् ।

गत बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश सपना मल्ल प्रधान, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ भएको थियो ।

विपक्षीहरुले वृहत पूर्ण इजलासलाई रोजे पनि सरकारका तर्फबाट महान्यायाधिवक्ताले संविधानको व्याख्या गर्ने इजलास भएको हुँदा संवैधानिक इजलासमै सुनुवाइ गर्नुपर्ने तर्क गरेका छन् । महान्यायाधिवक्ता अग्नि खरेलले प्रतिनिधिसभा विघटनको मुद्दा संवैधानिक इजलासमै सुनुवाइ गर्नुपर्ने तर्क गर्दै आएका छन् ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले तत्काल विघटनको घोषणा गरी आगामी बैशाख १७ र २७ गतेका लागि निर्वाचनको घोषणा गरेकी थिइन् ।

प्रधानमन्त्री संसद विघटन गर्न पाउने अधिकारबारे उल्लेख गरिएको छैन । तर उनले आफूलाई आफ्नो पार्टी भित्रैबाट अविश्वासको प्रस्ताव ल्याउने निश्चित भएपछि दायाँबायाँ नसोची संसद विघटन गरेका थिए ।

राष्ट्रपतिले समेत ओलीकै बफादार भएजसरी संविधानसभाबाटै लेखिएको संविधानको बेवास्ता गर्दै संसद विघटन गरिदिएकी थिइन् । उनले आफू बच्नका लागि अन्तर्राष्ट्रिय चलन हेर्दै भनी नेपालको संविधानको अवमूल्यनसमेत गरेकी छिन् ।

उनीहरुबीच परेको रिटको सुनुवाईमा ढिलाई भइरहेको छ । सरकारले चुनावको तयारीका नाममा रकम खर्च गर्न थालिसकेको छ । सुरक्षाकर्मीले सुरक्षा दिन थालिसकेको छ । निर्वाचन आयोगले निर्वाचनका नाममा खर्च गर्न थालिसकेको छ । तर सर्वोच्चले तत्कालै यसको फैसला गर्ने सम्भावना कम छ ।संविधानमै नभएको कानूनमाथि टेकेर प्रधानमन्त्री ओलीले संसद विघटन गरेको भन्दै ओली पक्षबाहेक सबै दलहरु विरोधमा छन् । केहीले भने चुनावको च्याँखे थाप्न थालेका छन् ।

सम्बन्धित समाचार

thumbnail

दरबाङमा शैक्षिक परामर्श कार्यक्रम(तस्विर सहित )

बेनी । म्याग्दीको दरबाङमा शनिबार अष्टे«लिया लगायत विभिन्न देशमा उच्च शिक्षा अध्ययन गर्न जान चाहने विद्यार्थीका लागि शैक्षिक परामर्श कार्यक्रम सम्पन्न भएको छ । शैक्षिक परामर्श सेवा प्रदायक अष्टे«लियन एजुकेशन कन्सल्टेन्सीको आयोजना…

thumbnail

बर्दियामा हात्तीको आक्रमणबाट बाख्रा चराउन गएकी एक महिलाको मृत्यु

काठमाडौं । बर्दियामा हात्तीको आक्रमणबाट बाख्रा चराउन गएकी एक महिलाको मृत्यु भएको छ। आइतबार दिउँसो १ बजे गेरूवा गाउँपालिका-१ भटेरा बस्ने ६० वर्षीया भुन्टी बोहरा बगुवा सामुदायिक जंगलमा बाख्रा चराउन गएकी थिइन्।…

thumbnail

नेपालमा थप ३०३ जनामा कोरोना संक्रमण

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ३ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३ सय ३ जनामा संक्रमण पुष्टि…