घटना मुख्य समाचार राष्ट्रिय समाचार समाज सुरक्षा

सगरमाथा आरोही शेर्पालाई सञ्चारमन्त्री गुरुङबाट श्रद्धाञ्जली

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोही दानुरी शेर्पाको अन्त्येष्टि गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बिहीबार स्वयम्भूस्थित समाधि स्थलमा शेर्पाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएपछि बौद्ध परम्परा अनुसार अन्त्यष्टि गरिएको हो ।

दोलखास्थित गौरीशंकर गाउँपालिका वडा नम्बर ९ टाँसीनाम निवासी शेर्पाले प्रजातान्त्रिक युवा संघ, नेपालको झण्डा सगरमाथाको शिखरमा पहिलो पटक फहराएर नयाँ कीर्तिमान कायम गरेका थिए ।

पर्यटन व्यवसाय र समाज सेवाको क्षेत्रमा निरन्तर क्रियाशील शेर्पा २ पटक सगरमाथाको शिखर चुम्न सफल भएका थिए । यसैबीच, सञ्चारमन्त्री गुरुङले स्वर्गीय शेर्पाको निधनप्रति गहिरो शोक व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका थिए ।

गौरीशंकर गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष छिरिङ शेर्पाले पनि उनको निधनप्रति दुुःख व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरे । फोक्सोमा समस्या देखिएपछि काठमाडौंको चावहिलस्थित हेल्पिङ हेन्ड अस्पतालमा भर्ना भएका शेर्पाको माघ ७ गते निधन भएको थियो । स्वर्गीय शेर्पाका श्रीमती र ३ जना छोराहरु छन । नागरिक खबरबाट साभार

सम्बन्धित समाचार

thumbnail

एक युवालाई बन्धक बनाएर १० लाख फिरौती माग्ने ३ पक्राउ

काठमाडौँ । एक युवालाई बन्धक बनाएर १० लाख फिरौती माग्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका-१६ दरैया बस्ने २० वर्षीय रोहित पण्डित, विराटनगर महानगरपालिका -१२ बखरीका २१…

thumbnail

अस्पतालको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दै मृतकका परिवारद्वारा विरोध

प्युठान । प्युठान जिल्ला अस्पतालको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दै मृतकका परिवारले विरोध जनाएका छन् । शल्यक्रियाबाट सुत्केरी भएकी झिमरुक गाउँपालिका–७ तुषारा निवासी २४ वर्षीया अनिसा एम।सी।थापाको गएराति मृत्यु भएको हो…

thumbnail

मोटरसाइकल दुर्घटना हुदाँ एक युवकको मृत्यु

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–२ बुल्दी पुल नजिक गए राति भएको मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु भएको छ । दुर्घटनामा एक युवती घाइते छन् । मृत्यु हुनेमा व्यास–२ मालेबगर बस्ने २२…